default_image

5 years ago

November 13, 2019

सरस्वतीलाई ‘प्लेयर अफ दि म्याच’ अवार्ड

191 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीकी भरपर्दा ओपन स्पाइकर सरस्वती चौधरीले माल्दिभ्सविरुद्धको खेलमा ‘प्लेयर अफ दि म्याच’ को अवार्ड पाएकी छिन् ।

चोटका कारण प्रतियोगिताको पहिलो खेलमा विश्राम पाएकी सरस्वती त्यसपछि खेलमा भने कोर्टमा उत्रिएकी थिइन् । अफगानिस्तासँग पूरै बाहिर रहेकी सरस्वतीले किर्गिस्तानसँग तेस्रो सेट खेलिन् । बंगलादेशसँग पहिलो सेटमा खेलेकी सरस्वतीले आज माल्दिभ्सविरुद्ध पूरै समय कोर्टमा बिताइन् । उत्कृष्ट प्रदर्शन गरेकी उनले प्लेयर अफ द म्याच स्वरुप एक थान मोबाइल प्राप्त गरिन् ।

खेलपछि हाम्रो खेलकुद सँग बोल्दै सरस्वतीले अब खेल्न कुनै समस्या नरहेको बताइन् । ‘ अहिले त खेल्दा दुखाइ छैन । अब पुर्ण रुपमा खेल्न सक्छु । हामीले फाइनल प्रतिद्वन्द्वीलाई सोझो सेटमा हराएका छौं । अहिले नै च्याम्पियनकै फिल आइरहेको छ, ‘ उनले थपिन्, ‘ भोली झन् थप पावर र इनर्जी लगाएर खेल्नेछौं । सेन्ट्रल जोनमा प्लेयर अफ द म्याच हुन पाउँदा खुसी छु ।’

नेपालले अब बिहीबार उपाधि भिडन्तमा माल्दिभ्सको सामना गर्नेछ ‌। त्यसअघि आयोजक बंगलादेश र किर्गिस्तानबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.