5 years ago
November 13, 2019
ढाका (हाम्रो खेलकुद) – फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको लिगा अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ ।
यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्समाथि ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो । जितसँगै नेपाल लिगको चार खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा रह्यो । पराजित माल्दिभ्सले ४ खेलबाट ८ अंक जोड्यो ।
ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा पहिलो सेटमा माल्दिभ्सले बलियो चुनौती पेश गरेपनि नेपालको उच्च प्रदर्शनलाई रोक्न सकेन । ५–५ अंकको बराबरीबाट अघि बढेको नेपाल २५–१४ ले विजयी रहन सफल भयो ।
दोस्रो सेटमा नेपालले खेलको शुरुवात देखि नै अग्रता लिदै २५–५ को सहज जित निकाल्यो । ५–३ को अवस्थाबाट नेपालले लगातार १६ अंक जोडेको थियो । तेस्रो सेटमा पनि नेपालले अफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिदै २५–१३ को जित निकाल्दै आफ्नो अपराजित यात्रलाई कायमै राख्यो ।
माल्दिभ्सविरुद्ध मुख्य प्रशिक्षक जगदिश भट्टले यसअघिका तीन खेलमा उच्च प्रदर्शन गरेकी मिडल ब्लकर सुनिता खड्कालाई विश्राम दिएको थियो । उनको स्थान उषा कुमारी विष्टले मौका पाएको थियो ।
यि दुई टोलीले बिहीबार उपाधिका लागि खेल्दैछ । फाइनल खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजेपछि हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि घरेलु टोली बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
आजै लिगको अन्तिम खेलमा बंगलादेश र किर्गिस्तानबीच खेल हुदैछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]