5 years ago
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्ने दुवै टोलीको टुंगो लागेक छ । प्रतियोगिताको चौथो दिन मंगलबार नेपालले आयोजक बंगलादेशलाई हराएपछि अपराजित दुई टोली नेपाल र माल्दिभ्स फाइनल प्रवेश गरेका हुन् ।
नेपालले बंगलादेशमाथि सोझो सेटमा जित हात पार्ने क्रममा प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गरेको हो । नेपालले तीनै सेटमा एकपक्षीय प्रदर्शन गर्दै २५-७, २५-६, २५-६ को जित दर्ता गरेको हो । दोस्रो सेटमा एक समय नेपालले १५-० को अग्रता बनेको थियो । नेपालका लागि पहिलो सेटमा सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै स्पाइकबाट नै ७ अंक जोडेकी थिइन् । दोस्रो सेटमा कप्तान अरुणा शाहीको सर्भिस घरेलु टोलीलाई निकै बलियो सावित भयो । तेस्रो सेटमा निरुता ठगुन्ना र प्रतिभा मालीले नेपालको सहज जित सुनिश्चित गरेका थिए ।
नेपालले पहिलो खेलमा अफगानिस्तानमाथि सहज जित दर्ता गरेको थियो । तीनै सेटमा नेपालले अफगानी टोलीलाई दोहोरो अंक जोड्न दिएन । दोस्रो खेलमा किर्गिस्तानविरुद्ध सुरुवाती समयमा केहि मिहिनेत गर्नुपरेको नेपाली टोलीले सहज जित नै दर्ता गर्यो । नेपालले अब लिग चरणको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्दैछ ।
यता माल्दिभ्सले पहिलो खेलमा किर्गिस्तानमाथि निकै कठिन जित निकालेको थियो । पाँचौ सेटमा पुगेको खेलमा किर्गिस्तानले अन्तिम समयमा लय गुमाउँदा माल्दिभ्सले जित पक्का गरेको थियो । सोहि जित माल्दिभ्स र किर्गिस्तानबीच फाइनल खेल्ने टोलीको निर्णायक अंक बन्न पुग्यो । उक्त खेलमा किर्गिस्तानले एक समय खेलमा बलियो पकड जमाएपनि त्यसलाई सदुपयोग गर्न सकेको थिएन ।
अंक तालिकामा नेपाल लगातार तेस्रो सोझो सेटको जितसँगै ९ अंक जोड्दै शीर्षस्थानमा छ । तीन खेल जितेको माल्दिभ्सको ८ अंक छ । किर्गिस्तानको ४ अंक छ भने बंगलादेशको ३ अंक छ । अंकविहिन अफगानिस्तान सबै ४ खेलमा पराजय बेहोर्दै घर फर्किएको छ । अब लिग चरणको अन्तिम दिन र प्रतियोगिताको तेस्रो स्थान र विजेता छिनोफानो हुने खेल दोहोरिने भएको छ ।
बुधबार लिग चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स तथा किर्गिस्तान र बंगलादेश खेल्नेछन् । बिहीबार हुने उपाधि भिडन्तमा नेपालले माल्दिभ्ससँग खेल्नेछ भने तेस्रो स्थानका लागि आयोजक बंगलादेश र किर्गिस्तान भिड्नेछन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]