5 years ago
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै नेपाल एक खेल अगावै प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
नेपालको जितले माल्दिभ्सले पनि एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्दैछ । यो खेलमा जित हात पारे नेपाल शीर्षस्थानको टुङ्गो लगाउनेछ । पराजित भएपनि नेपाल फाइनलमा रहने छ । सरस्वती चौधरीको उच्च प्रदर्शनमा नेपालले बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।
एकपक्षीय बनेको खेलमा नेपालले पहिलो सेटमा २५–७ को सहज जित निकाल्यो । सरस्वतीले उच्च प्रदर्शन गर्दा घरेलु टोलीका खेलाडी निरिह बनेको थियो । पहिलो सेटमा सरस्वतीले ७ अंक जोडेकी थिइन् । दोस्रो सेटमा प्रशिक्षक जगदिश भट्टले सरस्वतीलाई विश्राम दिएपनि प्रतिभा माली, कप्तान अरुण शाही, सुनिता खड्का र निरुता ठगुन्नाले उच्च प्रदर्शन गर्दा नेपाल २५–६ को सेटमा विजयी हुन सफल भयो । एक समय नेपालले १५-० को अग्रता लिएको थियो ।
तेस्रो सेटमा पनि नेपालीले टोलीले उच्च प्रदर्शनलाई निरन्तरता दिदै खेल २५–६ ले अफ्नो पक्षमा पादै ३–० को सोझो सेटमा विजयी हुन सफल भयो । प्रशिक्षक भट्टले तीनै सेटमा फरक फरक खेलाडी उतार्दै सबै १२ खेलाडीलाई मौका दिएका थिए ।
च्याम्पियनसिपको तीन खेलमा नेपालले कुनै पनि सेट गुमाएको छैन । जितसँगै अपराजित रहेको नेपालले ३ खेलबाट ९ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै ८ अंक जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । पराजित बंगलादेश ३ अंकसहति चौथो तथा ४ अंक जोडेको किर्गिस्तान तेस्रो स्थानमा छ । अफगानिस्तानले कुनै अंक जोड्न सकेन ।
राउन्ड रोविन लिगपछि शीर्ष दुई टोली नेपाल र माल्दिभ्सले बिहीबार उपाधिका लागि खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफका लागि बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपका सबै खेलहरु शहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]