5 years ago
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले आज एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।
आजको खेल जितेमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । खेल नेपाली समयअनुसार दिउसो २ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । शुरुवाती दुई खेलमा एक सेट पनि नगुमाई अपराजित रहेको नेपाली सोही जितलाई निरन्तरता दिने लक्ष्यसहित घरेलु टोलीविरुद्ध कोर्टमा उत्रदैछ । नेपाल घरेलु टोलीलाई पराजित गर्दै च्याम्पियसिपको फाइनल पुग्ने लक्ष्यमा हुनेछ । आजै पहिलो खेलमा किर्गिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले पहिलो खेलमा २५–४, २५–९ र २५–६ को तथा दोस्रो खेलमा किर्गिस्तानमाथि २५–१५, २५–१९ र २५–२० को जित निकालेको थियो । रिसिभ र ब्लक राम्रो नहुँदा नेपालले किर्गिस्तानविरुद्ध अंक गुमाएको थियो । त्यसलाई सुधार्दै नेपाल बंगलादेशविरुद्ध कोर्टमा उत्रनेछ । किर्गिस्तानविरुद्ध पनि टोलीकी भरपर्दा सदस्य प्रतिभा मालीले उच्च प्रदर्शन गरेकी थिइन् । चोटका बाबजुद पनि तेस्रो सेटमा कोर्टमा छिरेकी ओपन स्पाइकर सरस्वती चौधरीले आफ्नो स्तरको प्रदर्शन गरेकी थिइन् । नयाँ खेलाडीहरु सुनिता खड्का, साफिया पुन, निरुता ठगुन्नाले पनि राम्रो खेल पस्किए । घरेलु टोलीविरुद्ध प्रतिभा नै टोलीको मुख्य हतियार हुनेछिन् । टोलीलाई निरुता ठगुन्ना र सुनिता खड्काको पनि साथ हुनेछ ।
यता, घरेलु समर्थकको साथ रहने बंगलादेश नेपाललाई निराश बनाउने लक्ष्यमा कोर्टमा उत्रनेछ । बंगलादेश दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावनालाई जीवितै राख्ने लक्ष्यमा हुनेछ । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई २५–९, २५–९ र २५–३ को सहज जित निकालेपनि दोस्रो खेलमा माल्दिभ्ससँग २५–१६, २७–२५ र २५–२२ ले पराजित भएको थियो । बंगलादेशलाई फाइनल पुग्ने सम्भावना जीवित राख्न नेपाललाई पराजित गर्नेपर्ने हुन्छ ।
लगातार तेस्रो जित निकालेको माल्दिभ्स ८ अंक जोडेर शीर्षस्थानमा छ । अपराजित रहेको नेपाल दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर दोस्रो स्थानमा छ । ३ अंक जोडेको बंगलादेश तेस्रो तथा १ अंकसहित किर्गिस्तान चौथो स्थानमा छ । तीनै खेलमा पराजित भएको अफगानिस्तान अंकविहीन हुदै च्याम्पियनसिपबाट बाहिरिएको छ ।
राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले बिहीबार उपाधिका लागि खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ । च्याम्पियनसिपका सबै खेलहरु शहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा भइरहेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]