default_image

5 years ago

November 12, 2019

क्यानाडा तेक्वान्दो च्याम्पियनसिपमा हिमालयनका खेलाडीको उच्च प्रदर्शन

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडाको एडमन्टनमा रहेको हिमालयन तेक्वान्दो एकेडेमीले क्यानडियन आइटिएफ राष्ट्रिय तेक्वान्डो च्याम्पियनसिप–२०१९ मा उत्कृष्ट प्रदर्शन गरेको छ । सस्काच्युयन तेक्वान्डो फेडरेसनको आयोजनामा भएको सो प्रतियोगितामा हिमालयनका खेलाडीले १५ स्वर्ण, १४ रजत र १९ कास्य पदक गरि कुल ४८ पदक जितेको क्यानाडाबाट राजु गड्तौलाले जानकारी दिएका छन् ।

प्रतियोगितामा स्पायरिङ र प्याटर्न गरी दुई विधा समावेश गरिएको थियो । प्रतियोगितामा गिब्सन ढकाल, प्रसिद्वि कडेल, प्रशुन शर्माले दुवै विधामा स्वर्ण पदक जिते । आरुष उप्रेती, अनुप घिमिरे, आर्यन भट्टराई, जोनिस चौधरी, प्रद्योतन निरौला, प्रशुभ अधिकारी, रिकेश पुरी, स्पन्दन गौतम र सुभम अधिकारीले स्वर्ण पदक जिते ।

विवेक तिम्सिना, गणेश वोहोरा, जेम्स चौधरीले दुवै विधामा रजत पदक जितेका छन् । त्यस्तै आरम्भ खरेल, अवि सिह, आदित्य अधिकारी, अरिक पौडेल, आयुस ओझा, विवश लामिछाने, जेनिसा चापागाई र रिकेस पुरीले रजत पदक जिते ।

दुवै विधामा कास्य पदक जित्नेमा अनुप रसाईली, प्रवेश पौडेल, रियाज अर्याल, र शशांक भन्डारी छन् । आरम्भ खरेल, आरुष उप्रेती, अवि सिंह, आदित्य अधिकारी, अनुप घिमिरे, एरिक पौडेल, आर्यन भट्टराई, आयुष ओझा, भविष लामिछाने, जेनिस चापागाई, स्पनदन गौतमले रजत पदक जिते ।

नोभेम्बर ८ र ९ मा सस्काच्युन राज्यको रेजाइना सहरमा सम्पन्न प्रतियोगितमा क्यानाडामा रहेका ४ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ । गड्तौला र हुमन गौतमले क्यानाडाको अल्वर्टा राज्यको राजधानी एडमन्टनमा हिमालयन तेक्वान्डो एकेडेमीे सञ्चालन गर्दै आएका छन् । हिमालयनले गडतौलाको नेतृत्व र गौतमको व्यवस्थापनमा प्रतियोगितामा भाग लिएको थियो ।

तीन वर्ष अघि देखि सञ्चालनमा आएको रहेको एकेडेमीमा नेपाली मुलका करिव ८० प्रशिक्षार्थी रहेको गड्तौलाले जानकारी दिए । अक्टोबरमा युरोपमा हुने विश्व च्याम्पियनसिपका लागि खेलाडीहरुलाई तयारी चलिरहेको पनि प्रशिक्षक गड्तौलाले बताए । हिमालयन तेक्वान्डोमा हाल नेपाली भाषी विद्यार्थी मात्र रहेपनि अन्य समुदायका खेलाडीलाइ पनि भर्ना खुल्ला रहेकोे सञ्चालक गौतमले बताए ।

April 27, 2025

राष्ट्रिय हक्की यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.