5 years ago
November 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले अर्को महिना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कम्तीमा ५० स्वर्ण पदक जिते र पदक तालिकामा दोस्रो स्थान ल्याउने दाबी गरेका छन् ।
एपी वान टेलिभिजनको एक कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले ५० वा त्यो भन्दा बढी स्वर्ण पदक जित्ने दाबी गरेका हुन् । उनले हचुवाको भरमा नभई खेलाडीहरुले पछिल्लो समयमा गरेको प्रदर्शनका आधारमा यस्तो आंकलन गरेको समेत बताए । ‘चीनमा भएको ओपन तेक्वान्दोमा हाम्रा खेलाडीले १ रजत र ५ कास्य पदक जितेका छन् । बंगलादेशमा हाम्रो कराते टोली च्याम्पियन बनेको छ, भारत दोस्रो भएको थियो, ‘उनले भने, ‘आठौं साग (तत्कालिन साफ) एक वर्षको तयारी भएको थियो । त्यसपछि सागमा यसपटकको तयारी राम्रो छ त्यसका आधारमा हामी यसपटक पदक जित्छौं ।’
काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गते सम्म सञ्चालन हुने सागमा २७ खेल समावेश छन् । साफमा नेपाल अहिले सम्म एक पटकमात्र दोस्रो हुन सफल भएको छ । दुई दशक अघि (सन् १९९९) मा काठमाडौंमा भएको आठौं सागमा नेपाल ३१ स्वर्ण पदक सहितसहित दोस्रो भएको थियो । त्यसअघि वा पछि नेपाल दोस्रो भएको छैन ।
त्यति बेला दोस्रो हुनुको मुख्य आधार पहिलो पटक सागमा समावेश तेक्वान्दो र करातेमा नेपालले प्राप्त गरेको सफलता थियो । दुवै खेलमा नेपालले समान १४ स्वर्ण पदक जितेको थियो । त्यसपछिका सागमा नेपालको प्रदर्शन तेक्वान्दो र करातेमा उत्कृष्ट हुन सकेको छैन । पछिल्लो १२ औं सागमा भने नेपालको अवस्था निकै कमजोर थियो । तेक्वान्दोमा नेपालले एउटा पनि स्वर्ण जित्न सकेन भने कराते समावेश नै थिएन । यसपटक कराते पुनः समावेश गरिएको छ ।
सोही कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले भने पदक जित्नु भन्दा पनि हामीले कसरी तयारी गरेका छौं त्यो बढी महत्वपूर्ण हुने बताए । ‘म पूर्व खेलाडी र खेलकुद नै अध्ययन गरेको हिसाबले भन्छु हामीले कस्तो तयारी गरौं र कस्तो प्रशिक्षकको साथमा प्रशिक्षण गर्यौं भन्ने बढी अर्थपूर्ण हुन्छ,’ उनले भने, ‘खेलकुद भनेको विज्ञान हो । हाम्रा खेलाडीले मेहनत गरेका छन् । त्यसमा शंका छैन । तर, सफलता यत्ति नै भन्न कठिन छ ।’
नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष नीरन्जन राजवंशीले आठौं सागमा १२ खेल समावेश हुँदा ३१ स्वर्ण पदक जितेको स्मरण गर्दै भने, ‘अहिले खेल संख्या बढेकोले बढी स्वर्ण पदकको अपेक्षा गर्नु स्वभाविक हो । तर, ५० स्वर्ण जित्नु सहज होइन । निकै कठिन छ ।’
एक अर्को प्रसंगमा सदस्य सचिव सिलावलले मंसिर ५ गते भित्र दशरथ रंगशालाका सबै काम सकिने पनि दाबी गरे । उनले भने, ‘एक सातामा रंगशालाको भिआइपीतर्फको प्यारापिटको छानाको काम र सकिन्छ । सबै काम मंसिर ५ भित्र सकिन्छ ।’
आठौं सागमा निकै अघि बाट प्रचार प्रसार भएपनि यसपटक त्यस्तो नदेखिएको भन्ने प्रश्नमा सिलवालको जवाफ थियो, ‘अहिलेको समयमा प्रचारका लागि थोरै समय पर्याप्त हुन्छ । समय अगाडि नै नौं टंकी गर्न जरुरी छैन । समय आएपछि प्रचार सुरु हुन्छ । कात्तिक ३० गते हामी पत्रकार सम्मेलनमार्फत सबै जानकारी दिनेछौं ।’
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]