5 years ago
November 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सागको तयारीमा रहेको नेपाली राष्ट्रिय बिच भलिबल खेलाडी मान बहादुर श्रेष्ठ र सन्जु विक्रम शाहको जोडीले अभ्यास खेलमा जित निकालेको छ ।
श्रीलंकाको नेगोम्वो बिच भलिबल कोर्टमा सोमबार भएको खेलमा मान र सन्जुको जोडीले सागकै लागि बन्द प्रशिक्षणमा रहेको श्रीलंकाका खेलाडीलाई २–० को सेटमा पराजित गरेको हो । मान र सन्जुको जोडीले श्रीलंकाली जोडीमाथि २१–१८ र २१–१९ को जित निकालेको हो ।
अभ्यास र प्रशिक्षणका क्रममा बिच भलिबल टोलीले आफ्नो जोडीसँग खेल्नुका साथै अर्काे जोडी बनाएर खेलेका थिए । त्यस्तै दिल सुनार र राजु विकेको जोडी श्रीलंकाली जोडीमाथि २–१ को सेटमा पराजित भएको छ । पहिलो सेट २१–१५ ले जितेको दिल र राजुको जोडीले दोस्रो र तेस्रो सेट २१–१८ र १५–१३ ले गुमाएको थियो ।
यस्तै उनीहरुको नियमित जोडी मान र दिलको जोडी २२–२० र २१–१८ ले तथा सन्जु र राजुको जोडी २२–२०, २१–१९ र १५–१३ ले पराजित भयो ।
मानबहादुर श्रेष्ठले श्रीलंकाको बालुवामा अभ्यासले अनुभव बटुल्ने अवसर मिलेको बताए । ‘यहाँको बालुवमा नेपाली खेलाडीले सोचेभन्दा राम्रो प्रशिक्षण गरेको छ । राम्रो टोलीसँगै अभ्यास खेल खेल्ने मौका पाएको छ ।’ श्रीलंकाबाट खेलाडी मानले भने, ‘सागका लागि राम्रो तयारी भएको छ । यहाँको अभ्यासको अनुभव घरेलु भुमिमा हुने १३औं सागमा पस्कनेछौं ।’
महिलातर्फ नेपालका दुवै टोलीले सागका लागि बन्द प्रशिक्षणमा रहेका श्रीलंकन राष्ट्रिय टिमका खेलाडीसाग हार भोगिन् । कोपिला उप्रेती र मनिष चौधरीको जोडी २१–१७ र २१–१९ ले तथा विनिता बुढाथोकी र नेविका चौधरीको जोडी २१–१६ र २२–२० ले पराजित भइन् ।
नेपाली टोलीले मंगलबार श्रीलंकामा अन्तिम प्रशिक्षण तथा अभ्यास खेल खेल्नेछ । १० दिनको लागि विशेष प्रशिक्षण र अभ्यास खेलका लागि नेपाली टोली १७ कात्तिकमा श्रीलंका पुगेको थियो । नेपाली टोली बुधबार स्वदेश फर्कनेछ ।
बिच भलिबलमा पुरुषतर्फ मानबहादुर श्रेष्ठ, दिल सुनार, सञ्जु बिक्रम शाह र राजु बिके छन् । महिलामा बिनिता बुढाथोकी, नेविका चौधरी, कोपिला उप्रेती र मनिषा चौधरी रहेका छन् ।
पुरुष टिम प्रशिक्षकमा सुदेश कुमार रिमाल र महिला टिम प्रशिक्षकमा कौशिला खत्री रहेका छन् । व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]