default_image

5 years ago

November 11, 2019

लगातार तेस्रो जितसँगै माल्दिभ्स शीर्षस्थानमा

77 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – माल्दिभ्सले बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ ।

लगातार तेस्रो जित निकाल्ने क्रममा माल्दिभ्सले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा सोमबार भएको एकपक्षीय खेलमा माल्दिभ्सले अफगानिस्तानमाथि २५–६, २५–७ र २५–८ को सहज जित निकाल्यो । जितसँगै अपराजित रहेको माल्दिभ्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

पराजित अफगानिस्तान भने अंकविहीन हुदै च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । माल्दिभ्सको ३ खेलबाट ८ अंकसहित शीर्षस्थानमा छ । तीन खेल नै खेलको अफगानिस्तानले अंकको खाता खोल्न सकेको छैन । लगातार दुई खेलमा जित हात पारेको नेपाल ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपालले सोमबार नै लगातार दोस्रो जित दर्ता गर्ने क्रममा किर्गिस्तानलाई हराएको थियो । ३ अंक रहेको आयोजक बंगलादेश तेस्रो तथा १ अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छ ।

च्याम्पियनसिपमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा अफगानिस्तान र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । नेपालले बंगलादेशलाई पराजित गरे अंक तालिकाको शीर्षस्थानमा उक्लँदै फाइनलमा स्थान पक्का गर्नेछ ।

राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले बिहीबार उपाधिका लागि खेल्नेछन् । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ । च्याम्पियनसिपका सबै खेलहरु शहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा चलिरहेका छन् ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.