5 years ago
November 11, 2019
ढाका (हाम्रो खेलकुद) – नेपालले एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सोमबार किर्गिस्तानलाई पराजित गर्यो । सबै सेटको सुरुवाती समयमा केहि दबाब झेलेको नेपालले सोझो सेटको जित आत्मसात गर्न सफल भयो ।
खेलको पहिलो सेट २५-१५ ले जितेको नेपालले दोस्रो सेटमा २५-१९ को जित दर्ता गर्यो । तेस्रो सेटमा २५-२० को जित दर्ता गर्दै नेपालले अंक तालिकामा आफूलाई शत प्रतिशत नतिजा दिलाउन सफल रहयो । खेलमा नेपालका लागि ओपन स्पाइकर सरस्वती चौधरीले पुनरागमन गरिन् । केहि साताअघि थाइल्याण्ड भ्रमणका क्रममा सरस्वतीको एंकलमा चोट लागेको थियो । त्यसयता कोर्टबाहिर रहेकी उनले सामान्य प्रशिक्षण गर्दै आएकी थिइन् । प्रशिक्षक भट्टले उनलाई तेस्रो सेटमा कोर्टमा उतारेका थिए ।
खेलपछि हाम्रो खेलकुदसँग बोल्दै सरस्वतीले चोटबाट पूर्ण रुपमा ठिक भइनसकेपनि खेल्न भने सक्ने बताइन । ‘अझैपनि शत प्रतिशत फिट छैन । खेल्न भने सक्छु । आज कोर्टमा उत्रन पाउँदा खुसी लग्यो । गुरुले अन्तिम सेटमा खेल्ने मौका दिनुभयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाउँदा निकै खुसी छु,’ सरस्वतीले भनिन् ।
तेस्रो सेटमा कोर्ट प्रवेश गरेकी उनले आफ्नो स्तरअनुसार नै प्रदर्शन गरिन् । नयाँ खेलाडीमाझ खेलेपनि टोलीमा खेल्न सहज भएको उनको बुझाइ छ । ‘ नयाँ खेलाडी भएपनि सबै राम्रा छन् । सबै एकैसाथ खेल्ने हुनाले कोहि पनि नर्भस छैन । सिनियर खेलाडीको रुपमा हामीले सक्दो सहयोग गरेका छौं,’ उनले थपिन्, ‘ हामीले पहिलो खेल पनि राम्रो खेलेका थियौं । आज लगातार दोस्रो जित दर्ता गरेका छौं । अबको लक्ष्य उपाधि जित्ने नै हो ।’
सरस्वतीले खेलको प्रदर्शनबारे नेपालको टोली राम्रो स्तरको रहेको बताइन् । ‘ हाम्रो टोली अन्य टोलीभन्दा राम्रो छ । आज किर्गिस्तानले राम्रो खेलेको हो । सबै पक्षमा राम्रो प्रदर्शन थियो । हामी उनीहरु भन्दा राम्रो छौं । अबको लक्ष्य यस प्रतियोगिता जित्ने मात्र हैन सागमा पनि सोहि नतिजा हासिल गर्ने हो । सबैले मिहिनेत गरेका छौं । नतिजा ल्याउनेमा आशावादी छु,’ उनले भनिन ।
नेपालले सेन्ट्रल जोनको तेस्रो खेलमा मंगलबार बंगलादेशसँग खेल्दैछ । यस खेल जितेमा नेपालको फाइनलमा स्थान पक्का हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]