5 years ago
November 11, 2019
नेपाल विरुद्ध किर्गिस्तान (प्रत्यक्ष प्रसारण)
स्थान : शहिद सुरावार्दी इन्डोर रंगशाला
प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस
अफगानिस्तानविरुद्धको एकपक्षीय जितमा उच्च प्रदर्शन गरेकी प्रतिभा माली किर्गिस्तानविरुद्धको खेलमा पनि नेपाली टोलीको मुख्य हतियार हुनेछिन् । टोलीलाई निरुता ठगुन्ना र सुनिता खड्काको पनि साथ हुनेछ । अघिल्लो खेलमा विश्राममा रहेकी स्पाइकर सरस्वती चौधरी यस खेलमा खेल्ने सम्भावना रहेको छ ।
पहिलो खेलमा माल्दिभ्ससँग ३–२ को सेटमा पराजित भएको किर्गिस्तान नेपाललाई रोक्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । किर्गिस्तानले माल्दिभ्सविरुद्ध पहिलो सेट गुमाएर पनि बाकी दुई सेट जित्दै खेलमा पुनरागमन गरेको थियो । तर, बाँकी दुई सेट किर्गिस्तानले आफ्नो पक्षमा पार्न नसक्दा पराजित हुन पुगेको थियो । त्यही कमजोरी सुधार्दै नेपाललाई चुनौती दिने किर्गिस्तानको लक्ष्य छ । अग्लो कद किर्गिस्तानको लागि फाइदा हुन सक्नेछ । आजै दोस्रो खेलमा अफगानिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
आजको खेलमा जित दर्ता गरे नेपाल फाइनलनजिक पुग्नेछ । किर्गिस्तानलाई भने हारले फाइनल पुग्ने दौडबाट बाहिर पुर्याउनेछ । आजको अन्तिम खेलमा माल्दिभ्सले जित दर्ता गरे फाइनल पुग्ने पहिलो टोली बन्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]