default_image

5 years ago

November 10, 2019

राष्ट्रिय टोलीमा डेब्युपछि यसो भन्छन् खेलाडी

143 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा जारी एभीसी एसियन सिनियर महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानविरुद्ध एकपक्षीय जित दर्ता गर्यो ।

आइतबार मिरपुरस्थित शहिद सुरवार्दि इन्डोर रंगशालामा नेपालले ३-० को सहज जित हात पारेको हो । यसक्रममा नेपालका लागि ६ खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरे । अपोजिट स्पाइकर निरुता ठगुन्ना, मिडल ब्लकर सुनिता खड्का र लिबेरो सलिना श्रेष्ठले सुरुवाती रोजाइमा मौका पाए । यी ३ सँगै मिडल ब्लकर सोफिया पुन, अपोजिट स्पाइकर पुनम चन्द र सेटर जानकी भण्डारीले दोस्रो सेटको पूरै समय प्रतिभा मालीसँग कोर्टमा बिताए ।

खेलपछि हाम्रो खेलकुदसँग बोल्दै डेब्यु गरेका खेलाडीले आफ्नो भावना यसरी पोखे :

पुनम चन्द, अपोजिट स्पाइकर

पहिलो चोटि खेल्दा एक्साइटेड थिएँ । दिदीहरुसँग खेल्दा अलि अलि डर पनि लागिरहेको थियो । मिस्टेक हुन्छ कि भन्ने थियो । तर भित्र पसेपछि खेल राम्रो भयो । हामी सबैको लक्ष्य उपाधि जित्ने नै हो र मेरो पनि ।

सलिना श्रेष्ठ, लिबेरो

पहिलोपटक परेको खुशी र उत्साहित थिएँ । राष्ट्रिय टिममा खेल्ने इच्छा थियो आज आएर पूरा भएको छ । यहाँसम्म आउन कुमार राई सरको हात रहेको छ, सरलाई विशेष धन्यवाद । प्रतियोगितामा उपाधि जित्ने लक्ष्य छ । साफमा पनि स्वर्ण नै जित्ने प्रयास गर्ने ।

जानकी भण्डारी, सेटर

एकदम खुसी लागिरहेको छ । राष्ट्रिय टिममा खेल्ने सानै देखिको सपना थियो । त्यो पुरा भएको छ । प्रदर्शनदेखि खुशी छु । प्रतियोगितामा लक्ष्य गोल्ड मेडल नै हो ।

सुनिता खड्का, मिडल ब्लकर

एकदमै खुसी लागेको छ । पहिला चोटि नै सुरुवातमा खेल्न पाउँदा उर्जा मिल्यो । कुनै प्रेसर फिल भएन । गेमहरु हेरिरहेको भएर ढुक्कसँग खेले । क्लब र राष्ट्रबाट खेल्दा फरक शान हुने रहेछ । चार महिनाको प्रशिक्षक्षण आफ्नो खेलमा पनि केही सुधार पाएको छु । प्रशिक्षण राम्रो रहेको छ र अझै राम्रो गर्नुछ । यस प्रतियोगिताको उपाधि जित्ने लक्ष्य छ ।

सोफिया पुन, मिडल ब्लकर

राष्ट्रिय टिममा परेर खेल्न पाउदा खुशी लागेको छ । पहिलो पटक टिममा पर्दा र खेलेर जित्दा थप खुसी छु ।

निरुता ठगुन्ना, अपोजिट स्पाइकर

खुशी र उत्साहित छु । आर्मीबाट खेल्दा नै केहि गर्छु भन्ने थियो । अब राष्ट्रिय टिमको क्याम्पमा आएपछि पूरा भएको छ । पहिलो गेम खेल्दा भएपनि नर्भस थिइँन । खेल पनि राम्रो भयो ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.