5 years ago
November 10, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली टोलीकी भरपर्दा स्पाइकर प्रतिभा माली एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा प्लेयर अफ दि म्याच घोषित भएकी छिन् ।
शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा आइतबार अफगानिस्तानविरुद्धको एकपक्षीय जित हात पार्दा प्रतिभाले उच्च प्रदर्शन गरिन् । पूरै समय कोर्टमा बिताएकी प्रतिभाले पुरस्कारस्वरूप एक थान मोवाइल प्राप्त गरिन् । अफगानिस्तानविरुद्ध नेपाल २५–४, २५–९ र २५–६ को सोझो सेटमा विजयी भएको थियो ।
दोस्रो सेटमा प्रशिक्षक जगदीश भट्टले डेब्यु गरेको ६ खेलाडीलाई नै मैदान उतारेका थिए । उनले प्रतिभासहित नयाँ ६ खेलाडी उतार्दै टोलीको स्तर मापन गरेको बताए । ‘हामीले दोस्रो सेटमा ६ नयाँ खेलाडीलाई प्रतिभासँग खेलायौं । सिनियर खेलाडीले नयाँ खेलाडीलाई गाइड गर्नुपर्छ र प्रदर्शन राम्रो पनि भयो । आजको प्रदर्शन हेर्दा सबै नयाँ खेलाडी आवश्यक पर्दा खेलमा उत्रन तयार रहेको पाएँ,’ प्रशिक्षक भट्टले भने ।
अब नेपालले सोमबार किर्गिस्तानसँग, मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्ने छ । आजै आयोजक बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ ।
च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहेको छ । च्याम्पियनसिपका सबै खेलहरु शाहिद शुरवार्दी इन्डोर स्टेडियम, मिरपुर ढाकामा हुनेछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]