default_image

5 years ago

November 10, 2019

अफगानिस्तानविरुद्ध सरस्वतीलाई विश्राम

67 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा अफगानिस्तानविरुद्ध नेपाली टोलीकी भरपर्दा स्पाइकर सरस्वती चौधरीले विश्राम पाउने भएकी छिन् ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले सरस्वतीलाई अफगानिस्तनविरुद्धको खेलमा विश्राम दिने निर्णय गरेका हुन् । ‘सरस्वतीले प्रशिक्षण दौरान सामान्य चोट बोकेकी थिइन् । क्रमिक सुधार भइरहेको छ । हामी अफगानिस्तानविरुद्ध खेलाएर रिस्क मोल्न चाहन्नौं । हामीले अफगानिस्तानको खेल हेरेका छौं । उनी नभएपनि टिमलाई असर पर्ने छैन,’ प्रशिक्षक भट्टले हाम्रो खेलकुदलाई भने । सरस्वतीले तीन सातो लामो थाइल्यान्डमा अभ्यास र प्रशिक्षणका क्रममा चोट बोकेकी थिइन् ।

नेपालले केही बेरमा अफगानिस्तानसँग खेल्दै पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको सुरुवात गर्दैछ । अफगानिस्तानविरुद्ध मुख्य प्रशिक्षक जगदिश भट्टले टोलीमा समावेश सबै नयाँ ६ खेलाडीलाई डेब्यु गराउने सम्भावना छ । टोलीमा निरुता ठगुन्ना, सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, सलिना श्रेष्ठ र पुनम चन्द नयाँ अनुहार हुन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.