default_image

5 years ago

November 10, 2019

नेपाल विरुद्ध अफगानिस्तान (प्रत्यक्ष प्रसारण)

188 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग खेल्दैछ ।


यस खेलका लागि नेपाली टोलीका भरपर्दा स्पाइकर सरस्वती चौधरीलाई अफगानिस्तानविरुद्धको पहिलो खेलमा विश्राम लिएकी छिन् । मुख्य प्रशिक्षक जगदिश भट्टले सामान्य चोट बोकेका कारण उनीमाथि जोखिम नलिएका हुन् । टोलीमा समावेश मध्ये ६ नयाँ खेलाडीलाई आज डेब्यु गराउने सम्भावना छ । टोलीमा निरुता ठगुन्ना, सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, सलिना श्रेष्ठ र पुनम चन्द नयाँ अनुहार हुन् ।

नेपाली टोलीले अरुणाा शाहीको कप्तानीमा झन्डै २ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नेपाली महिला राष्ट्रिय टोलीले पछिल्लाेपटक २०१८ जनवरीमा एफआईभिवी सेन्ट्रल जाेन वल्ड छनाेट खेल खेलेकाे थियाे । त्यसयता नेपाली टाेलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिएन ।

नेपाली टोली सागको लागि विगत चार महिनायता नियमित प्रशिक्षणमा रहेको छ । टोलीले तीन साता थाइल्यान्डमा प्रशिक्षणका साथै अभ्यास खेल खेल्ने मौका पाएका थियो । नेपालले सोमबार किर्गिस्तानसँग, मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्ने छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.