5 years ago
November 10, 2019
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप अन्तर्गत उपाधिको दावेदार नेपालले आज (आइतबार) प्रतियोगिताको पहिलो खेलमा आफगानिस्तानसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार मध्यान्ह १२ः४५ बजे मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा हुनेछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानलाई सहजै पराजित गर्दै नेपाल प्रतियोगिताको सुखद शुरुवात गर्ने लक्ष्यमा हुनेछ । अफगानिस्तान पहिलो खेलमा आयोजक बंगलादेशसँग २५–९, २५–९ र २५–३ को सोझो सेटमा पराजित भएको थियो ।
सोही कारण पनि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले टोलीमा समावेश सबै नयाँ ६ खेलाडीलाई डेब्यु गराउने सम्भावना छ । टोलीमा निरुता ठगुन्ना, सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, सलिना श्रेष्ठ र पुनम चन्द नयाँ अनुहार हुन् । अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, कमला पुन र उषा विष्ट राष्ट्रिय टोलीका पुराना खेलाडी हुन् ।
नेपाली टोलीले अरुणाा शाहीको कप्तानीमा झन्डै २वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नेछ । नेपाली महिला राष्ट्रिय टोलीले पछिल्लाेपटक २०१८ जनवरीमा एफआईभिवी सेेेेेेेेेेेेेेेेेेन्ट्रल जाेन वल्ड छनाेट खेल खेलेकाे थियाे । त्यसयता नेपाली टाेलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले विपक्षीलाई कहिल्यै कमजोर नआक्ने र लक्ष्य सेन्ट्रल जोनमा स्वर्णपदक जित्ने रहेको बताएका छन् ।
नेपाली टोली सागको लागि विगत चार महिनायता नियमित प्रशिक्षणमा रहेको छ । टोलीले तीन साता थाइल्यान्डमा प्रशिक्षणका साथै अभ्यास खेल खेल्ने मौका पाएका थियो । नेपालले सोमबार किर्गिस्तानसँग, मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्ने छ ।
आजै दोस्रो खेलमा आयोजक बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुदैछ । दुवै टोलीले शनिबार सफलता हात पारेका थिए । पहिलो दिन शनिबार माल्दिभ्सले किर्गिस्तानमाथि ३–२ को तथा आयोजक बंगलादेशले अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित हात पारेको छ ।
राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहेको छ । च्याम्पियनसिपका सबै खेलहरु शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ ।
नेपाली टोली : अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ
जगदिश भट्ट – मुख्य प्रशिक्षक
सलिना श्रेष्ठ – प्रशिक्षक
भरत यादव –प्रशिक्षक
रीता कोइराला – व्यवस्थापक
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]