5 years ago
November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विजय श्रेष्ठले लक्ष्मी बैंक गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबका शनिबार एक ह्यान्डिक्यापका विजयले काउन्ट ब्याकका आधारमा उपाधि जितेका थिए । नोर्बु शेर्पासँग समान ३८ स्कोर गरेको विजयले काउन्ट ब्याकमा बाजी मारेका थिए । ब्याक नाइनमा विजयले २१ र नोर्बुले १९ स्कोर गरे । नोर्बु दोस्रा भए ।
टासी छिरिङले ३८ स्कोरसहित वेस्ट ग्रसको उपाधि जिते । ३९ स्कोर गरेकी देवश्री राणा महिलातर्फ विजयी बनिन् । ३७ स्कोर गरेका महेश विक्रम कार्कीले ६० वर्ष र सो भन्दा माथिको उमेर समूहको उपाधि जिते । सद्भाव आचार्य ३५ स्कोरका साथ जुनियर च्याम्पियन बने । आङ डेन्डी शेर्पाले गेस्टतर्फको उपाधि जिते । उनले ३७ स्को गरे ।
टासी छिरिङले लंगेस्ट ड्राइभ र नीरन्जन शर्माले क्लोजेस्ट टु द पिन उपाधि जिते । लक्ष्मी बैंकको प्रायोजन रहेको एक दिने गल्फ प्रतियोगितामा ९२ गल्फरको सहभागिता थियो । स्टेबल फोर्ड प्रणली ३/४ ह्यान्डिक्यापका साथ प्रतियोगिता सञ्चालन भएको थियो ।
लक्ष्मी बैंकका सिइओ अजयविक्रम शाह, डिपुटी सिइओ सुमेद भट्टराई, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र गोकर्ण क्लबका कप्तान जोसेप नाथनले विजेता खेलाडीलाई पुरस्कृत गरे । लगातार छ वर्षदेखि गल्फ आयोजना गर्दै आएको लक्ष्मी बैंकले धरानमा आयोजना हुने बुढासुब्बा गोल्ड कपलाई पनि सह प्रायोजन गर्दै आएको छ ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]