5 years ago
November 9, 2019
पोखरा (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनास्थलको भौतिक पूर्वाधार निरिक्षणका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) र सागका सहभागी राष्ट्रका सभे द मिसन टोली शनिबार दिउँसो पोखरा पुगेको छ ।
१३ औं साग काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गते सम्म आयोजना हुँदैछ । सागको अन्तिम तयारीका लागि काठमाडौको बैठक र खेल स्थलको अनुगमन सकेर टोली पोखरा आइपुगेको हो । सहभागी सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगालदेश, माल्दिभ्स र भुटानका ओलम्पिकका प्रतिनिधी तथा सेफ दि मिसनको टोली पोखरामा साग तयारी बारे जानकारी लिन तथा अनुगमनका लागि पोखरा आएको हो ।
पोखरा रंगशालामा आएको २३ सदस्यिय टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले र साग तयारी पोखराका सदस्यहरुले पोखरा विमानस्थलमा स्वागत गरेका थिए । टोलीसँगै नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल पनि रहेका छन् ।
टोलीले पोखरा रंगशाला स्थित खेल स्थलहरुको अनुगमन गरेको छ । टोलीले भोली १३ औं साग पोखरा संग संयुक्त बैठक गर्दै साग तयारीका बारेमा जानकारी लिने र भोली दिउँसो काठमाडौ फर्किने एनओसी उपाध्इक्ष उपाध्यक्ष तेज गुरुङले जानकारी दिए ।सागका २७ मध्ये ९ खेल पोखरामा तय छ ।
पोखरामा हुने भनिएको प्याराग्लाइडिङ हुनेमा भने शंका छ । सागमा सहभागी हुने कुनै पनि राष्ट्रमा प्याराग्लाइडिङ खेलको आधिकारिक खेल संस्था नहुँदा सबै राष्ट्रहरुले अन्तिम समयमा आएर प्याराग्लाइडिङमा सहभागि नहुने बताएका छन् । सागअन्तर्गत कुस्ती जनकपुरमा र बाँकी खेल काठमाडौंमा हुनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]