5 years ago
November 9, 2019
ढाका (हाम्रो खेलकुद) – बंगलादेश ढाकामा शनिबारबाट शुरु भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सले विजयी सुरुवात गरेको छ ।
शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा शनिबार भएको पहिलो खेलमा माल्दिभ्सले किर्गिस्तानमाथि ३–२ को रोमाञ्चक जितनिकाल्दै च्याम्पियनसिपमा विजयी शुरुवात गरेको हो । माल्दिभ्सले शुरुवाती सेट जितेपनि त्यसपछि दुई सेट गुमायो । अन्तिम दुई सेट आफ्नो पक्षमा पार्दै माल्दिभ्सले रोमाञ्चक जित हात पारेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा किर्गिस्तान एक समय आरामदायी अग्रता लिएको थियो । किर्गिस्तानले पूनरागमन प्रयास गरेपनि पहिलो सेटमा माल्दिभ्सले २६–२४ को प्रतिस्पर्धात्मक जित निकाल्यो ।
त्यसपछिको दुवै सेट माल्दिभ्सले २२–२५ र २५–१४ ले गुमाएको थियो । चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै माल्दिभ्सले खेलमा फर्कने संकेत देखायो । प्रतिस्पर्धात्मक निर्णायक सेटमा माल्दिभ्स १५–१० ले विजयी हुन सफल भयो । जितसँगै माल्दिभ्सले २ तथा किर्गिस्तानले १ अंक जोडेको छ ।
आजै दोस्रो खेलमा आयोजक बंगलादेश अफगानिस्तानबीच प्रतिस्पर्धा हुदैछ । नेपालले आइतबार अफगास्नितानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसपछि नेपालले सोमबार किर्गिस्तानसँग, मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्ने छ ।
राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले हफ हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहेको छ । च्याम्पियनसिपका सबै खेलहरु शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ ।
[review]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]