default_image

5 years ago

November 8, 2019

अन्ततः अफगानिस्तानले १३ औं सागमा भाग नलिने

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अफगानिस्तानले अन्ततः अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग नलिने भएको छ । सन् २०१६ को १२ औं सागसम्म भाग लिएको अफगानिस्तान मध्यपूर्वी एसियामा सामेल हुने भन्दै दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) त्यागेको थियो ।

‘औपचारिक रुपमै पत्र पठाएर अफगानिस्तानले १३ औं सागमा भाग नलिने जानकारी दिएको छ,’ नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ भने,‘ भोली हुने एसएओसी बैठकमा अफगानिस्तानको विषयले प्रवेश पाउने छैन ।’

यो सँगै मंसिर १५ देखि २५ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुने सागमा ७ राष्ट्रका खेलाडीको मात्र सहभागिता रहनेछ । साग आयोजना र त्यो संग जोडिएका विषयमा छलफल गर्न एसएओसीको बैठक शनिबार राजधानीमा बस्दैछ । जसमा ७ राष्ट्रका प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

बैठकको अध्यक्षता एसएओसीका अध्यक्ष समेत रहेको एनओसी अध्यक्ष श्रेष्ठले गर्नेछन् । बैठकमा नेपालको प्रतिनिधित्व श्रेष्ठ र एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले गर्नेछन् । सागको आयोजक एनओसीका अध्यक्ष र महासचिव स्वतः एसएओसीको अध्यक्ष र महासचिव हुने प्रावधान छ ।

तर, १३ औं साग नजिकिदै गर्दा भाग लिनका लागि अफगानिस्तानले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मार्फत प्रयास थालेको थियो । जसमा एसएओसी सकारात्मक पनि थियो । अफगानिस्तानले मार्सल आर्टस्मै लक्षित गर्दै सागमा भाग लिने प्रयास थालेको थियो । तर, एनओसीले मार्सल आर्टस्बाहेकका खेलमा मात्र सहभागी गराउने वचन दिएपछि अफगानिस्तान पछाडि हटेको अनुमान गरिएको छ ।

१९८४ बाट सुरु भएको तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) मा अफगानिस्तान २००४ को नवौं संस्करणबाट आबद्ध भएको थियो । सोही संस्करणमाबाट साफको नाम दक्षिण एसियाली खेलकुद (साग) राखिएको थियो । त्यसपछि लगातार ४ वटा सागमा भाग लिएर अफगानिस्तान १२ औं संस्करणपछि अलग भएको थियो ।

१२ औां सागमा अफगानिस्तान पदक तालिकाको चौथो स्थानमा रहेको थियो । नेपालले छैटौं स्थानमा रहँदै सागको अन्त्य गरेको थियो । अफगानिस्तानले पछिल्ले संस्करणमा ७ स्वर्ण, ९ रजत र १९ कास्य पदक जितेको थियो ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.