5 years ago
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)– मुख्य आयोजना थलो दशरथ रंगशालाको पूर्ननिर्माण सम्पन्न नभएपनि अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटनको चार दिनअघि बाट केहि खेल सुरु हुने खेल तालिका तयार भएको छ । १३ औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । सागको प्रतिस्पर्धा तालिका अनुसार भलिबल, उसु र शंकामा रहेको प्याराग्लाडिङ मंसिर १५ गते अघि नै सुरु गर्ने तय भएको छ ।
सागमा समावेश २९ खेल मध्ये २८ खेलमात्र सञ्चालन हुनेछ । कम्तीमा ३ राष्ट्र सहभागी हुने पर्नु मापदण्ड पुरा नहुने देखिएपछि प्याराग्लाडिङ लगभग नहुने निश्चित प्राय छ ।
त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भलिबल मंसिर ११ गते सुरु हुनेछ । अन्तरिक रुपमा जारी गरिएको खेल तालिका अनुसार उसु मंसिर १३ बाट नेपाली सेनाको लगनखेलस्थित कभर्ड हलमा सुरु हुनेछ । सहभागी राष्ट्रको न्यूनत्तम संख्या नपुगेपछि शंकाको घेरामा रहेको प्याराग्लाडिङ मंसिर १४ गतेका लागि पोखरामा सुरु हुने खेल तालिकामा उल्लेख छ ।
दशरथ रंगशालामा मंसिर १५ गते औपचारिक रुपमा उद्घाटन हुनेछ । सोही दिन ५ खेल सुरु हुनेछन् । काठमाडौंमा पुरुष फुटबल, पोखरामा ब्याडमिन्टन, काठमाडौं कीर्तिपुरमा फेन्सिङ, सातदोबाटो कराते कर्भड हलमा कराते र कीर्तिपुर नयाँ बजारमा खोखो सुरु हुनेछ । त्यस्तै मंसिर १६ गते महिला क्रिकेट पोखरामा, लैनचौरमा टेबल टेनिस, सातदोबाटोमा टेनिस, पोखरामा ट्रायथोलन र सातदोबाटो तेक्वान्दो हलमा तेक्वान्दो सुरु हुनेछ ।
मंसिर १७ गते रंगशालामा एथलेटिक्स, पुरुष क्रिकेट काठमाडौंमा, साइक्लिङ गोकर्ण, महिला फुटबल पोखरामा, सुटिङ सातदोबाटोमा सुरु हुनेछ । सागको चौथो दिन मंसिर १८ गते पोखारमा ह्यान्डबल, महिला र पुरुष कबड्डी कीर्तिपुरमा सुरु हुनेछ । पौडी काठमाडौंमा, बीच भलिबल पोखरामा र भारोत्तोलन पोखारमा मंसिर १९ गते सुरु हुनेछ ।
मंसिर २० गते सातदोबाटोस्थित करोत हालमा बक्सिङ, नयाँ बजारमा फेन्सिङ,स्क्वास सातदोबाटोमा, कुस्ती जनकपुरमा सुरु हुनेछ । मंसिर २४ गते समापनका दिन बास्केबल, बक्सिङ, पुरुष क्रिकेट, पुरुष र महिला फुटबल, जुडो र स्क्वासका खेल पनि टुंगिनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]