5 years ago
November 7, 2019
प्रकाश तिमल्सिना, काठमाडौं
खेलकुद भावनाले चल्दैन । यति त खेलकुद नेतृत्वले बुझ्नै पर्छ । हरेक खेलको आ-आफ्नै विशेषता, महत्व र नियम छन् । खेलकुदसँग मानविय भावना, राष्ट्रियतालगायत अन्य थुप्रै विषय जोडिएर पक्कै आउँछन् । तर, त्यत्तिको भरमा खेलकुद गतिविधि चल्दैन । हरेक खेल आयोजनाका आ आफ्नै मापदण्ड र परम्परा हुन्छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका रुपमा रमेशकुमार सिलवालले बागडोर सम्हालेको ४ महिना नाघिसकेको छ । सुरु सुरुमा उहाँका हरेक भाषण उर्जाशील लाग्ने खेल क्षेत्रलाई अब अलि सिमा नै पार गर्न थालेको हो कि भन्ने आभास हुँदै गएको छ । खेलकुदका अधिकांश कार्यक्रममा भाग लिनै पर्ने र पुरानै कुरा दोहोर्याउने उहाँको नियमित तालिका जस्तै भइसकेको छ ।
यो बीचमा विश्वकप छनोटअन्तर्गत खेल दशरथ रंगशालामै गराइ छाड्ने देखि १३ औं दक्षिण एसियाली खेलकुद(साग) तोकेकै मितिमा हुने दाबी उहाँले गर्दै आउनुभएको छ । झट्ट सुन्दा त्यो उहाँको आट जस्तो लाग्छ । राजनीतिक भाषण जस्तो खेलकुदमा सस्तो लोकप्रियताको धेरै अर्थ हुँदैन । खेलकुदले परिणाम पनि खोज्छ । सदस्य सचिवले देखाएको त्यो आट झुटमा परिणत हुँदा उहाँले निर्वाह गरेको पदको गरिमा कत्ति बढ्ला ?
आजभन्दा झन्डै दुई साता अगाडि दक्षिण एसियाली खेलकुदमा सहभागी हुने राष्ट्रिय फुटबल टोलीको बिदाइ कार्यक्रममा सदस्य सचिवले दिएको भाषणको अंश तल दिइएको छ । सिलवालले यसक्रममा कुवेतविरुद्धको खेल रंगशालामा गराउने र रंगशाला कस्तो देखिने भन्ने सम्म विस्तृत रुपमा बताएका छन् । हेर्नुहोस उक्त भिडियो :
दशरथ रंगशालामा जसरी पनि खेल गर्ने, अझ अर्को एक कार्यक्रममा त पाल नै टाँगेर भएपनि कुवेतविरुद्धको खेल गराएरै छाड्ने उहाँको घोषणा बिहीबार आइपुग्दा पानीको फोका जस्तै भएको छ । उहाँको दाबी हावादारी गफमा परिणत भएको छ । भौतिक पूर्वाधारको यहि अवस्थामा विश्वकप छनोटको एउटा खेल गराउन हम्मे हम्मे पर्छ भने साग आयोजना गर्न कसरी सम्भव होला ? यसै विषयमा सञ्चारकर्मीको प्रश्नमा सदस्य सचिव सिलावलको ओठे जवाफमा हुने गथ्र्यो,‘ अप्ठेरो भएरै म आएको हुँ । सजिलो भए अरु आइहाल्थे नि ।’
एसियाली फुटबल महासंघ (एएफसी) ले मापदण्ड नपुग्ने भन्दै विश्व कपअन्तर्गत नेपाल र कुवेतको खेल दशरथ रंगशालामा नगर्ने निर्णय बिहीबार सार्वजनिक मात्र गरेको छ । जसले सिलवाल सरको दाबीमा चिसो पानी खनाइदिएको छ । अब उहाँले त्यसको नैतिक जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? दशरथ रंगशाला मैदानको घाँस काटेर उद्घाटन उहाँले नै गर्नुभएको थियो । रंगशालामा फुटबल खेल्न राष्ट्रिय टोलीका खेलाडी र हेर्नका लागि समर्थक निकै उत्साहित थिए । कम्तिमा यो पटकलाई खेलाडी र समर्थकले घरेलु मैदानको मजा लिन नपाउने भएका छन् । त्यो उत्साह निराशामा परिणत भएको छ ।
हुन त रंगशालाको पूर्न निर्माण समयमा थाल्न नसक्नुमा सिलवाल भन्दा पनि बढी जिम्मेवार निर्वतमान सदस्य सचिव केशवकुमार विष्ट हुन् । २०७२ वैशाख १२ गते पछि पूर्न निर्माण थाल्ने भनिएको रंगशाला चार वर्ष भन्दा लामो समय हुँदा पनि खेल गराउनका लागि लायक हुन सकेको छैन । जवाफदेहिता भने शून्य भएको खेलकुद नेतृत्वबाट नैतिक जिम्मेवारीको अपेक्षा गर्नुपनि मुर्खता सिवाय के होला र ?
सदस्य सचिव सिलवालले पाल टाँगेर भएपनि नेपाल र कुवेतको खेल गराउने भन्दा सबै निर्णय गर्ने हर्ताकर्ता उहाँ नै भन्ने भान हुन्थ्यो । उहाँले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफुले भनेपछि नमान्नु पर्ने कारण हुँदैन भन्ने लागेको पनि हुन सक्छ । तर, एउटा उर्दीका भरमा दशरथ रंगशालमा विद्यालय खेलकुद आयोजना गरेजस्तो होइन विश्व कप छनोटको खेल भन्ने सायद सिलवाल सरलाई ख्याल भएन कि ?
फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न निश्चित मापदण्ड हुन्छन् । त्यो राखेपले नभै फिफा र एएफसीले तय गर्छ । अन्तर्राष्ट्रिय खेल आयोजनाको स्वीकृति दिने निकाय तपाईले नेतृत्व गरेको संस्था जस्तै आदेशमा मात्र पक्कै चल्दैन । एन्फालाई अन्तर्राष्ट्रिय रुपमा गाइड गर्ने निकाए एएफसी र फिफा छन् । तपाईले नेतृत्व गरेको राखेप स्थानिय अविभावक पक्कै हो । तर राखेपको निवर्तमान नेतृत्वले सातौं र आठौं राष्ट्रिय खेलकुद आयोजना गरेझैं विश्वकप छनोट र साग गर्न भने सम्भव देखिन्न ।
गत महिना नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन राखेपकै कारण एक साता पछि सार्न सकिने नजिर बस्यो भन्नेको अर्थ सबै खेलमा तपाईको आदेश चल्दैन । एएफसीको पछिल्लो निर्णयबाट यत्ति त पक्कै बुझ्नु भएको होला । फुटबल जस्तै अधिकांश खेलका एसियाली र विश्व खेलकुद महासंघ छन् । त्यसको पनि तपाईलाई हेक्का हुनुपर्ने हो ।
नयाँ नेतृत्व आगमनपछि साग आयोजना स्थल पूर्ननिर्माणलगायत त्यससँग सम्बन्धित अन्य कामले गति लिएको पक्कै हो । तर, दाबी गरे जस्तो गति पूर्ननिर्माण समयमा सकिएको छैन । कात्तिक १५ गते दशरथ रंगशालाको सबै निर्माण पुरा भएर चिनियाँ कम्पनीले राखेपलाई हस्तान्तरण गर्ने उनले बारम्बार दोहोराउने गरेका थिए । अहिले सम्म रंगशाला राखेपको स्वामित्वमा आएको छैन । अहिले त्यस विषयमा सदस्य सचिव मौन
हुनुहुन्छ ।
रंगशालामा साधारण प्यारापिटतर्फको सिट हाल्ने काम लगभग सकिने देखिएपनि भिआइपीतर्फको छानो मुख्य टाउको दुखाईको विषय बनेको छ । छानो अझै आइसकेको छैन । यद्दपी अझै पनि सागका लागि तयार हुने दाबी गर्न छाडिएको छैन । आधा साँचो पनि झुट बराबर नै हुन्छ भन्ने सदस्य सचिवलाई बिर्सनु भएको त होइन होला ।
अहिलेको जस्तो चटारो अघिल्लो नेतृत्वले गरेको भएपनि तेस्रो पटक मिति तोकिएको साग होला नहोला भन्नेमा यत्ति शंका गर्नुपर्ने थिएन । विश्व कप छनोटको पहिलो घरेलु खेलका लागि हामी अयोग्य भैसकेका छौं । अब यसमा पछुताएर अर्थ छैन । अबको चुनौति भनेको मंसिर १५ देखि २४ गते सम्मका लागि तय भएको १३ औं साग आयोजना नै हो ।
यहि विषयमा छलफल गर्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) र सागका सहभागी राष्ट्रको सेभ द मिसनको बैठक शनिबार बस्दैछ । सरकारको प्रतिनिधिका रुपमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको सहभागिता रहला । सेभ द मिसनको बैठकमा सदस्य सचिव सिलवालले नेपालको प्रतिनिधित्व गर्ने सम्भावना छ । कम्तीमा त्यो बैठकमा दाबी भन्दा पनि अहिलेको सहि वस्तुस्थिति प्रष्ट पार्ने प्रयास गर्नुहोला । हतारिएर समयमै गर्न सक्छौं भन्ने दाबीले साग आयोजना गर्न असक्षम भन्ने दाग नलागोस् ।
भौतिक पूर्वाधारका हिसाबले हेर्ने हो भने नेपाल अहिले पनि साग आयोजना गर्न सक्षम छैन । एसएओसीका प्रतिनिधिहरुसँगको सम्बन्धका आधारमा र जसरी गर्नुपर्छ भन्नका लागि तपाईहरुको प्रस्ताव मान्ने सम्भावनालाई अस्वीकार गर्न मिल्दैन ।
तर, सबै भौतिक पूर्वाधार र व्यवस्थापनको वास्तविकता राख्ने हो भने अहिलेको अवस्थामा साग हुने सम्भावना छैन । साग आयोजना राष्ट्रको प्रतिष्ठा र गरिमासँग जोडिएकोले बैठकमा त्यत्ति नै गम्भिर र जिम्मेवार भएर प्रस्तुत हुन सके एसएओसीका प्रतिनिधिहरुले बस्तुस्थितका बारेमा वास्तविकता बुझ्नेछन् । हुन त प्रतिनिधिले काठमाडौं र पोखराको भौतिक पूर्वाधार निर्माणको स्थलगत निरिक्षण पनि गर्ने भएकाले तपाईहरुको दाबी र वास्तविकता आफै छुट्टाउलान पनि ।
नेपाल तयार छैन भन्ने बुझेर यसअघि साग दुई पटक सरिसकेको छ । तेस्रो पटकको मितिमा पनि हुनेमा ढुक्क हुने अवस्था छैन । केहि साता वा दिन पछि सारेर भएपनि साग आयोजना गर्ने आश्वस्त पार्ने प्रयास गर्नु बरु उचित होला । अहिलेकै अवस्थामा साग आयोजनाका लागि आयोजना त होला तर नेपालको खेलकुदले दुई दशकमा केहि गति लिएको सन्देश दिन भने सफल हुनेमा शंका छ । तपाईले भने जसै गरि सबैले बुझ्नुपर्छ भन्ने छैन । मुखले बोल्दा केहिले सुन्छन् तर कामले बोल्दा सबैले बुझ्छन् पनि । त्यसैले सिलवाल सर अलि कम बोल्ने कि ?
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]