default_image

5 years ago

November 4, 2019

बक्सिङ खेलाडीका लागि अक्षयकोष स्थापनाको घोषणा

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङका पूर्व पदाधिकारीको पहलमा बक्सिङ खेलाडी अक्षय कोष स्थापना हुने भएको छ । संघका पूर्व पदाधिकारीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का युके च्याप्टरका अध्यक्ष एवंम पूर्व बक्सर सिद्धार्थ विक्रम क्षेत्रीको सम्मानमा सोमबार आयोजित कार्यक्रममा संघका पूर्व महासचिव दीपक गुरुङले बक्सिङ खेलाडीका लागि अक्षय कोष स्थापना गर्ने घोषणा गरे ।

सम्मान कार्यक्रममा दायाँबाट क्रमश – नेपाल बक्सिङका संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, पूर्व बक्सर सिद्धार्थ विक्रम क्षेत्री र संघका पूर्व महासचिव दीपक गुरुङ ।

गुरुङले कोषमा १ लाख रुपैयाँ दिने घोषणा गरे । संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ र सोमबार सम्मानित भएका पूर्व बक्सर क्षेत्रीले समान १ लाख रुपैयाँ अक्षय कोषमा दिने घोषणा गरे । त्यस्तै ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर एवंम् काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले १० हजार रुपैयाँ सहयोगको घोषणा गरे ।

गुरुङले खेलाडीहरुलाई साह्रो गाह्रो पर्दा अक्षय कोषको रकमको ब्याजबाट सहयोग गर्ने योजना रहेको सुनाए । पूर्व अध्यक्ष श्रेष्ठ अक्षय कोषमा १ करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेको सुनाए । १३ वर्षदेखि बेलायतमा रहेर पनि नेपाली खेलाडीहरुलाई अप्ठेरो पर्दा सहयोग गर्ने पुण्य कामको नेतृत्व गर्दै आएका क्षेत्रीलाई उनले पुर्याएको योगदानको कदर गर्दै संघका पूर्व पदाधिकारीले सम्मान गरेका हुन् ।

बक्सिङ परिवारका नाममा आयोजित सम्मान कार्यक्रम बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ र पूर्व महासचिव दीपक गुरुङको पहलमा सम्मान गरिएको थियो । उनीहरुले क्षेत्रीलाई दोसल्ला र बुद्धको प्रतिमाका उपहार दिदै सम्मान गरेका हुन् ।

क्षेत्रीको पहलमा केहि दिनअघि नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल गरेका वाइबी घलेलाई २ लाख रुपैयाँ सहयोग गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रिय सदस्य समेत रहेका घले ११ वर्षदेखि पक्षघातबाट पीडित छन् ।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

Success

Thank you for your time.