5 years ago
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघका पूर्व पदाधिकारीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का युके च्याप्टरका अध्यक्ष एवंम पूर्व बक्सर सिद्धार्थ विक्रम क्षेत्रीलाई सोमबार सम्मान गरेका छन् ।
१३ वर्षदेखि बेलायतमा रहेर पनि नेपाली खेलाडीहरुलाई अप्ठेरो पर्दा सहयोग गर्ने पुण्य कामको नेतृत्व गर्दै आएका क्षेत्रीलाई उनले पुर्याएको योगदानको कदर गर्दै संघका पूर्व पदाधिकारीले सम्मान गरेका हुन् । बक्सिङ परिवारका नाममा आयोजित सम्मान कार्यक्रम बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ र पूर्व महासचिव दीपक गुरुङको पहलमा सम्मान गरिएको थियो ।
उनीहरुले क्षेत्रीलाई दोसल्ला र बुद्धको प्रतिमाका उपहार दिदै सम्मान गरेका हुन् । क्षेत्रीको पहलमा केहि दिनअघि नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल गरेका वाइबी घलेलाई २ लाख रुपैयाँ सहयोग गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रिय सदस्य समेत रहेका घले ११ वर्षदेखि पक्षघातबाट पीडित छन् ।
क्षेत्रीको पहलमा समय समयमा बक्सिङ खेलाडीलाई पनि सहयोग हुँदै आएको छ । क्षेत्रीले सम्मानका लागि आफुले काम नगरी नेपाली खेलकुद र खेलाडीको मायाले काम गर्दै आएको सुनाए । उनले थपे, ‘मलाई यस्तो सम्मान होला भन्ने थाहा थिएन । म त यो दोसल्लाह ओडेर आफु बुढो जस्तो महसुस गरेको छु ।’
क्षेत्रीले भविष्यमा एसियाली खेलकुद र ओलम्पिक छनोटलाई मध्यनगर गर्दै ३ देखि ५ खेलाडीलाई बेलायतमा प्रशिक्षणको व्यवस्था मिलाउने पहल भइरहेको जानकारी पनि दिए । ‘उमेर गइसकेका खेलाडी होइन ,’ उनले थपे, ‘नयाँ पुस्ताका सम्भावना भएका खेलाडीहरुलाई ६ महिना सम्मको प्रशिक्षणका लागि हामीले पहल गरिरहेका छौं । ‘उनले आफु जहाँ भएपनि नेपाली खेलकुद र खेलाडीलाई सहयोग गर्न प्रयास गरिरहने बताए ।
बक्सिङ संघका पूर्व महासचिव गुरुङले क्षेत्रीले विगतदेखि नै नेपाली खेलाडीलाई सहयोग गर्दै आएको र स्वदेश फर्केको समय पारेर सम्मान गरिएको जानकारी गराए । संघका पूर्व अध्यक्ष श्रेष्ठले क्षेत्रीको कामको सरहाना गर्दै भविष्यमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवंम बक्सिका उपाध्यक्ष अर्जुन केसी, ओलम्पिक उमेश मास्के, फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठलगायतले क्षेत्रीको प्रशंसा गरेका थिए ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]