default_image

5 years ago

November 3, 2019

अफगानिस्तानले पनि १३ औं साग खेल्ने !

122 views

0 Bookmark

प्रकाश तिमल्सिना,काठमाडौं

अफगानिस्तान क्षेत्रिय स्तरको बृहत खेलकुद दक्षिण एसियाली खेलकुद (साग) मा फर्कने भएको छ । त्यसैले अर्को महिना नेपालमा आयोजना हुने १३ औं सागमा पछिल्ला चार संस्करणमा जस्तै आठ राष्ट्रको सहभागिता हुने सम्भावना बढेको छ ।

तीन वर्षअघि भारतमा भएको १२ औं सागलाई आफ्नो अन्तिम सहभागिता भनेपनि १३ औं सागमा अफगानिस्तान पुनः फर्कन चाहेपछि सहभागी राष्ट्रको संख्या ७ बाट ८ हुने भएको हो ।

मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा हुने १३ औं सागका लागि अफगानिस्तानलाई सहभागि गराउन ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले पनि निर्देशन दिएपछि सहभागि राष्ट्रको संख्या बढ्ने भएको हो ।अफगानिस्तानले पहिलो पटक सन् २००४ मा पाकिस्तानमा आयोजना भएको नवौं साग भाग लिएको थियो ।

त्यसपछि नियमित सहभागि भएको अफगानिस्तानले १२ औं सागपछि अलग हुने बताएको थियो । त्यसअघि नै अफगानिस्तान दक्षिण एसियाली क्षेत्रिय संगठन सार्क र साफ च्याम्पियनसिप फुटबलबाट अलग भइसकेको थियो ।

‘अगफानिस्तान सागमा फर्कने लगभग निश्चित छ । केहि दिनमा कुन कुन खेलमा भाग लिने भन्ने टुंगो लाग्नेछ,’ श्रोतले भन्यो,‘ओसिएले सहभागि गराउन निर्देशन दिएपछि हामीले हुँदैन भन्ने कुरा आउँदैन । अफगानिस्तानले १३ औं साग खेल्छ ।’

आयोजक नाताले नेपाल ओलम्पिक कमिटी (एनओसी) अफगानिस्तानलाई सहभागिता गराउनेमा तयार रहेपनि सबै खेलमा भने सहभागि गराउने पक्षमा छैन । अफगानिस्तानले मुख्यतः मार्सल आर्टस्मा सहभागी हुन चाहिरहेको छ । नेपालले मार्सल आर्टसमै पदकको बढी आशा गरेकोले त्यसमा सहभागिता दिने सम्भावना कम छ ।

आयोजना स्थल, सहभागि संख्या लगायत सबै विषय टुंगो लागिसकेकोले अफगानिस्तानलाई सबै खेलमा सहभागी गराउन कठिन हुने एनओसीको तर्कसँग ओसिए पनि सहमत छ । ‘ओसिएले आफ्नो सहजता अनुसार सहभागी गराउन भनेको छ,’ श्रोतले भन्यो,‘यो यो खेलमा सहभागी गराउनुपर्छ भन्ने बाध्यता छैन । हामीले आफ्नो अनकुलता हेरेर यो पटकलाई सहभागी गराउने हो ।’

मार्सल आर्टसबाहेक टेबल टेनिस, ब्याडमिन्टन, ट्रायथोलन लगायत अन्य खेलमा अफगानिस्तानलाई सहभागिता गराउनेमा एनओसी तयार रहेको बुझिएको छ । कात्तिक २३ गते हुने दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले अफगानिस्तानको सहभागिता निश्चित गर्दै कुन कुन खेलमा भाग लिन दिने निर्णय गर्ने सम्भावना छ ।

नेपाल सरकारले पनि अफगानिस्तानलाई सहभागि गराउनेमा स्वीकृति दिइसकेको बताइएको छ । ‘सार्कबाट पनि अलग भइसकेको देशलाई सहभागी गराउन सरकारसँग पनि स्वीकृति लिनुपर्ने अवस्था थियो, श्रोतले भन्यो,‘ त्यो स्वीकृति लिइसकिएको छ । केहि दिनमा अफगानिस्तानले भाग लिने औपचारिक निर्णय सार्वजनिक हुनेछ ।’

१२ औं सागमा अफगानिस्तान पदक तालिकाको चौथो स्थानमा थियो । नेपाल भने छैटौं स्थानमा थियो । अफगानिस्ताले १२ औं सागमा ७ स्वर्ण, ९ रजत र १९ कास्य पदक गरि ३५ पदक जितेको थियो ।

१२ औं सागमा पदक तालिकामा भारत शीर्षस्थानमा, श्रीलंका दोस्रो, पाकिस्तान तेस्रो, बंगलादेश पाँचौं, माल्दिभ्स सातौं र भुटान आठौंमा रहेको थियो । ४ संस्करणको सहभागितामा अफगानिस्तानले २० स्वर्ण, २६ रजत र ५४ कास्य गरि १ सय पदक जितेको छ ।

 

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.