5 years ago
October 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा रहेको महिला राष्ट्रिय टोली बुधबार घरेलु टोलीसँग पराजित भएको छ । थाइल्यान्डको राष्ट्रिय टोलीसँग नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको थियो । ६ वटा मैत्रीपूर्ण खेलमा नेपाली टोलीको यो तेस्रो हार हो । बाँकी ३ खेलमा नेपाली टोली विजयी भएको थियो ।
थाइल्यान्ड टोलीलाई कडा चुनौति दिएपनि नेपाली टोली २५–१८,२५–२०,२५–१७ ले पराजित भएको थियो । यसै महिना बंगलादेशमा आयोजना हुने एभिसी सेन्ट्रल जोन च्याम्पियनसिप र अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली टोली गत महिना थाइल्यान्ड पुगेको थियो ।
चोटग्रस्त सरस्वती चौधरीले खेलिनन् । गत साता जापानको जुनियर टोलीसँगको मैत्रीपूर्ण खेलका दौरान सरस्वतीको दायाँ खुटको गोलीगाँठामा चोट लागेको थियो । एभिसी सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गते सम्म बंगलादेशमा र १३ औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।
November 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अनुभवी तोरण विक्रम शाहीले उत्कृष्ट प्रदर्शनका साथ ३ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन मंगलवार पनि शीर्षस्थानमा कायमै रहेका छन्। उनले दोस्रो दिन पनि ५-अन्डर ६७ को स्कोर बनाउँदै समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर निकाले। यो स्कोरमा उनले सनिल केसीलाई ३ स्ट्रोकले पछि पार्दै अग्रता बढाए। सुनिल […]
November 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक यसै साता बस्दैछ। झन्डै १५ महिनापछि राखेप बोर्ड बैठक बस्न लागेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्दैछ। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ। नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ। […]