5 years ago
October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोली शनिबार मैत्रीपूर्ण खेलमा थाइल्यान्डको यू १८ विश्व विश्वविद्यालय टोलीसँग पराजित भएको छ । पाँचौं मैत्रीपूर्ण खेलमा नेपाली टोलीको यो दोस्रो हार हो ।
नेपाली विश्व विद्यालय टोलीसँग २५–२०,२५–२२,२५–१८ ले पराजित भएको थियो । यसै महिना बंगालदेशमा आयोजना हुने एभिसी एसियाली सेन्ट्रल जोन च्याम्पियनसिप र अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली टोली गत महिना थाइल्यान्ड पुगेको थियो ।
नेपाली टोलीले पहिलो मैत्रीपूर्ण खेलमा स्थानिय जरानसानिवोङ र दोस्रो खेलमा बैंकक विश्वविद्यालयको टोलीलाई हराएको थियो । थाइल्यान्ड यू २१ टोलीसँग पराजित भएको नेपाली टोलीले चौथो खेलमा जापानको जुतिर टोलीलाई हराएको थियो । थाइल्यान्डमा हरेक दिन दुई समय प्रशिक्षण गरिरहेको र प्रशिक्षण सन्तोषजनक रहेको मुख्य प्रशिक्षक जगदिश भट्टले जनाएका छन् ।
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा सम्पन्न खो खो विश्व कपमा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार नेपाली टिमलाई बाजा गाजा सहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा […]