5 years ago
October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स एसोसिएसन (नेसा) को आयोजनामा सम्पन्न दोस्रो नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो अन्तर्गत माई रिभेन्जले डोटा र सीएस-गोतर्फ दोहोरो उपाधि जितेको छ ।
डोटातर्फ फाइनलमा माई रिभेन्जले हेक्स गेमिङको चुनौती पन्छाउँदै उपाधिसहित ५० हजार रुपैयाँ जितेको हो । माई-रिभेन्जको टोलीमा सुमित श्रेष्ठ, इरिन राई, लिगल सुब्बा, श्रनुप तन्डुकार, अभिनव शाक्य, अजु तिमल्सिना र कविल व्यन्जनकार रहेका छन् ।
माई रिभेन्जले अब डिसेम्बर ११ देखि १५ सम्म दक्षिण कोरियाको सोलमा हुने ११ औं विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ । विजेता टोलीले एक वर्षसम्म भाएनेटको इन्टरनेट सुविधा पनि प्राप्त गरेको छ । उपविजेता बनेको हेक्सले २० हजार तथा तेस्रो स्थान हासिल गरेको न्यू एरा गेमिङले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सीएसगो तर्फ माई रिभेन्जले फ्यानटेक नेपाललाई बेस्ट अफ थ्री मा खेलिएको खेलमा लगातार दुई खेल जित्दै उपाधि जितेको हो । उपाधिसँगै ५० हजार रुपैयाँ पुरस्कार जितेको माई रिभेन्जका हरेक सदस्यले एक वर्षसम्म निशुल्क भाएनेटको इन्टरनेट प्राप्त गर्नेछन् ।
टोलीमा अरुण मिश्र, विशेष पौडेल, आरम्भ अधिकारी, सुजोन राज श्रेष्ठ, अभियान गौतम र निङ्मा तामाङ रहेका छन् । यसबाहेक टोलीका एक खेलाडीले माया एकेडेमीमा छात्रवृति समेत प्राप्त गर्नेछन् । उपविजेता फ्यानटेकले २० हजार रुपैयाँ प्राप्त गर्यो । तेस्रो स्थान हासिल गरेको प्राविधिक खेलाडीहरुले १० हजारमा चित्त बुझायो ।
च्याम्पियनसिपकै फ्री फायरतर्फ ड्याड इज कमिङ टोलीले उपाधि हात पारेको छ । विजेता टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता नेप्रोजले ६ हजार पाउँदा तेस्रो स्थान हासिल गरेको टक्सिक क्लोनले ४ हजार रुपैयाँमा चित्त बुझायो ।
पाटन कलेज फिफा १९ अन्तर कलेज प्रतियोगितातर्फ मोर्गन इन्टरनेसनल कलेजका समिर गुरुङ विजयी भए । उनले फाइनलमा इस्लीङटन कलेजका वसन्त पुलामीलाई पराजित गरेका थिए । समिरले १० हजार रुपैयाँ प्राप्त गर्नुका साथै पाटन कलेजको तर्फबाट मास्टर्स अथवा ब्याचलर पढाइका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । उपविजेता बनेका वसन्तले ४ हजार तथा तेस्रो भएका शंकरदेव क्याम्पसका सुनिल श्रेष्ठले २ हजार पुरस्कार पाए ।
कस्प्लेतर्फ डोटा-२ को एन्टी-मेजको रुपमा प्रस्तुत भएका किरण तामाङले विजेता बन्दै २० हजार रुपैयाँ प्राप्त गरे । उनले यससँगै इन्स्टिच्युट अफ फेसन एन्ड इन्टेरियर डिजाइन (आईएफआई) बाट एक वर्षे डिप्लोमा कोर्षका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरे । यसैगरी शीर्ष ९ मा पर्न सफल अन्य प्रतिस्पर्धीले जनही १० हजारसंगै आईएफआईबाट कोर्षमा ५० प्रतिशत छात्रवृत्ति पाए । एन्जेलो गुरुङ, विनर मान महर्जन, कुशिना मगर, जिनक खालिङ राई, भिष्म माझि, लेलिन राई, कृति राई र रोनिश सुब्बा शीर्ष ८ मा पर्न सफल भएका थिए ।
नेसाको आयोजना तथा माइस इन्टरनेसनलको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपमा २ दिनसम्म चलेको च्याम्पियनसिप तथा एक्स्पोमा खेलसँगै २५ स्टल रहेका थिए । विभिन्न खेल, संचार र मनोरंजनसँग सम्बधित संघसंस्थाले आफ्नो व्यापार प्रवर्द्धनका लागि एक्स्पोमा सहभागिता जनाएका थिए । कार्यक्रममा झन्डै ५ सय खेलाडीसहित ५ हजारले सहभागिता जनाएका थिए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]