5 years ago
October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी टासी दोङले एनसेल बाह्रखरी गल्फ आमन्त्रण गल्फ प्रतियोगिता उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्षमा शनिबार भएको तेस्रो संस्करणको प्रतियोगितामा टासीले उपाधि जितेका हुन् ।
३९ अंक स्कोर गरेका ए डिभिजन टोली सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका पूर्व कप्तान रहेका टासी काउन्ट ब्याकका आधारमा विजयी भएका थिए । ३९ स्कोर अर्काे खेलाडीले गरेकोले भएपनि उनले काउन्ट स्कोर धेरै गरेर जितेका हुन् । काउन्ट ब्याकमा पछि परेका सुरेन्द्र फुयाल दोस्रो भए । बेष्ट ग्रसको उपाधि सुरेन्द जिते ।
महिलातर्फ कश्मिरा शाह विजयी भइन् । उनले ३६ स्कोर गरेर जितेकी छन् । मेजर जर्नल सिनियरतर्फ महेश बिक्रम कार्कीले जितेका छन् । उनले ३८ स्कोर गरेका थिए । समग्रमा कार्की तेस्रो स्थानमा छन् । प्रतियोगितामा जुनियर १७ वर्ष मुनिका खेलाडीहरुतर्फ श्रीयोग बस्नेतले ३१ स्कोर गरेर उनले उपाधि जितेका छन्. ।
त्यस्तै गरेर लङ्गेष्ट ड्राइभ विजय श्रेष्ठले जिते । क्लोजेष्ट टू दी पिन ष्टेफिनी मेन्डीवीले जितेकी छिन् । प्रतियोगिताको मोष्ट बर्डिज गोल्डेन बल उपाधि विजेता टासीले नै जितेका छन् ।
सस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई तथा बाह्रखरीका प्रधान सम्पादक प्रतिक प्रधानले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
मन्त्री भट्टराइले भने, “बाह्रखरी गल्फले पर्यटन प्रवद्र्धनमा थप आयाम ल्याएको छ । यो प्रतियोगिताबाट हामीले गल्फ क्षेत्रमा नयाँ रेकर्ड राखेका छौं । पर्यटन सम्भावनामा बृद्धि गर्न बाह्रखरीले आफ्नो ठाँउबाट भुमिका खेलेको छ ।’
बाह्रखरी गल्फ प्रतियोगिता विश्वको सबै भन्दा अग्लो स्थानमा आयोजना भएको गल्फ प्रतियोगिता हो । यो गल्फ प्रतियोगिता गत साता सोसखुम्बुको कोङ्देरीको चार हजार चार सय पचार मिटरको उचाइबाट सुरु गरिएको थियो ।
बाह्रखरीका प्रधान सम्पादक प्रधानले गल्फ प्रतियोगितामा एक नयाँ रेकर्ड कायम राख्दा बेग्लै अनुभुती भएको बताएका छन् । उनले गल्फ प्रतियोगिता मार्फत नेपाली पर्यटन क्षेत्रमा सहयोग गर्दा बेग्लै अनुभुती भएको पनि बताए । ‘गल्फ आयोजना गर्न सहज थिएन । हामीले निकै मेहेनतका साथमा प्रतियोगिता सम्पन्न गर्यौं,’ उनले भने ‘विश्वको अग्लो स्थानमा गल्फ प्रतियोगिता गर्न सजिलो थिएन तर हामीले हार मनेनौं ।’
गोकर्ण रिसोर्टका दिपक आचार्यले हाल सम्म भएको गल्फ प्रतियोगिता मध्यो बाह्रखरी गल्फ प्रतियोगिता विशेष भएको बताए । ‘देशमा भएका विभिन्न गल्फ प्रतियोगिताले आफ्नो ठाँउमा बेग्लै खालको विषेशता बोकेका छन् । त्यस्तै बाह्रखरी गल्फको विषेशता बेग्लैछ ,’ उनले थपे,‘ यो प्रतियोगिताले नेपालको पर्यटन प्रवर्दनमा टेवा पुगाउने उद्देश्य लिएको छ । यस्तो गल्फ देशमा पहिलो पटक आयोजना भएको छ ।’
प्रतियोगितामा कोङ्दरीबाट पहिलो टी अफ गरेका बिकास राणा आफ्नो लागि यो गल्फ प्रतियोगिताले निकै ठूलो भूमिका खेलेको बताए । साथै उनले हिमाली क्षेत्रमा गल्फ प्र्रतियोगिताको नयाँ अनुभव भएको पनि अनुभव राखे । ‘मेरो लागि निकै गर्विलो र अचम्मित कार्यक्रम थियो । मैले पहिले टीअफ गरेको थिए,’ उनले सुनाए,‘ योजना अनुसार नै प्रतियोगिता सम्पन्न भएको छ । गल्फ प्रतियोगिताले नेपालको पर्यटकीय क्षेत्रमा राम्रो प्रभाव पार्नेछ ।’
प्रतियोगितामा भाटभटेनी सुपरमार्केट र सिभास रेगल कार्यक्रमले प्रायोजन गरेको थियो । थाइ एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर, आएमइ ग्लोबल बैंकिङ्ग पार्टनर र टाटा एच फाइभले भेइकल पार्टनरको रुपमा प्रतियोगितामा जोडिएका थिए ।
नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धर्नमा पनि सहयोग पुग्ने अपेक्षा राखिएको प्रतियोगितामा १५ कर्पोरेट गल्फर र दुई विदेशी पत्रकारले कोङ्देरीमा सहभागिता जनाएको बाह्रखरीले जनाएको छ ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]