5 years ago
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल नम्बर तथा नेपाली सेनाका रत्नजित तामाङ चीनको वुहानमा जारी सातौ विश्व सैन्य खेलकुद अन्तरगतको ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
अन्तर्राष्ट्रिय सैन्य खेल परिषद (सिआइएसएम) को आयोजनामा चीनको वुहानमा जारी विश्व सैन्य खेलकुद अन्तरगतको ब्याडमिन्टनको प्रि–क्वाटरफाइनलमा रत्नजितले फ्रान्सका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । एक पक्षीय खेलमा रत्नजित २१–८ र २१–१० ले विजयी रहन सफल भयो ।
महिला एकलमा अनुमाया राई फ्रान्सकै खेलाडीलाई २–० को सोझो सेटमा पाखा लगायदै अर्काे चरणा प्रवेश गरिन् । उनले फ्रान्सको प्रतिद्धन्द्धीमाथि २१–१२ र २१–१० को सहज जित हात पारिन् । पुरुष डबल्स्मा रत्नजित र नवीन श्रेष्ठको जोडीले उत्तर कोरियाली प्रतिद्धन्द्धीमाथि २१–१८, १८–२१ र २१–१९ को सेटमा जित निकाल्दै अर्काे चरणमा पुग्न सफल भयो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]