default_image

5 years ago

October 24, 2019

मैत्रीपूर्ण टि-१० मा डब्लूसीएल-११ विजयी

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग(डब्लूसीएल) को फाइनल अघि मैत्रीपूर्ण टि-१० खेलमा डब्लूसिएल ११ ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) लाई ७ विकेटले पराजित गरेको छ ।

बिहिबार टीयू क्रिकेट मैदानमा टस जितेर एनएसजेएफ ब्याटिङ गर्दै १० ओभरमा ६ विकेट गुमाएर ९५ रन बनाएको थियो । पत्रकारका लागि ओपनर एपी वनका विभु श्रेष्ठले सर्वाधिक ५६ रनको अविजित इनिङ खेले । त्यस्तै क्रिकेटिङनेपालका आर्दश ढकालले १६, हाम्रो खेलकुदका सुबास हुमागाईंले ८ रन जोड्दा विकेटकीपर देखापढीका आभाष घिमिरे गोल्डेन डक आउट भएका थिए ।

९६ रनको लक्ष्य पछ्याएको डब्लूसिएल ११ ले ९.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको थियो । डब्लूसीएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष छुम्बी लामाले २८ र पूर्व राष्ट्रिय खेलाडी प्रफुल्ल वैद्यले २७ रनको योगदान दिए । दिपेशले अन्तिम ओभरको पाँचौ बलमा आर्दशलाई छक्का प्रहार गर्दै खेल जिताएका थिए । एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदीले १ विकेट लिए ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

Success

Thank you for your time.