6 years ago
October 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद(साग)का लागि नेपाली तेक्वान्दो टोलीले झन्डै एक महिना वैदेशिक प्रशिक्षणमा बिताउने भएको छ । तेक्वान्दोको गेरुगी (फाइट) र पुम्से टोलीले अलग अलग देशमा प्रशिक्षण गर्दै एक महिना पछि स्वदेश फर्कने नेपाल तेक्वान्दो संघले जनाएको छ ।
सागमा पहिलो पटक समावेश गरिएको पुम्से टोली मलेसिया र फाइट टोलीले चीनमा सागका लागि प्रशिक्षण गर्नेछ । पुम्पे टोलीले इन्डोनेसियामा आयोजना हुने प्रतियोगितामा भाग लिएर मलेसिया जाने छ । मलेसियामा त्यहाँको राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्ने बताइएको छ । पुम्पे टोली बिहीबार इन्डोनेसिया तथा फाइट टोली शनिबार चीन सिहान जानेछ ।
इन्टरेनसल नेप्लिज तेक्वान्दो एसोसिएसन (आइएनटिए) ले तेक्वन्दो ४१ जनाको टोलीलाई ट्रयाक सुट प्रायोजन गरेको छ । संघका अध्यक्ष विधान लामा र महासचिव नारायण गुरुङले खेलाडीहरुलाई बुधबार ट्रयाकसुट वितरण गरेका थिए । आइएटिएले समय समयमा नेपाली खेलाडीलाई सहयोग गर्दै आएको छ । यसमा नेपालका लागि एसियाली खेलकुद, सागका पदक विजेता रहेका छन् । तेक्वान्दो टोली मंसिर ६ गते स्वदेश फर्कनेछ ।
नेपाली तेक्वान्दो टोली
गेरुगी खेलाडी – अप्सरा कार्की, अष्मिता खड्का, काजल श्रेष्ठ, निमा गुरुङ, निशा रावल, संगिा बस्याल नेपाली, युनिशा राई, बीबहादुर महारा, भुपेन श्रेष्ठ, गोविन्दबहादुर आले, ज्ञानेन्द्र हमाल, किरणबहादुर आले, मनोज मल्ल, निश्चलमान श्रेष्ठ, सक्षम कार्की
गेरुगी प्रशिक्षक – योङ डाल क्वान, नवीनकुमार श्रेष्ठ, टिकाप्रसाद लिम्बु, दीपक विष्ट, संगिना वैद्य
पुम्से खेलाडी– अष्मिन राउत, स्वस्तिका तामाङ, निशा धमला, सन्जिला तिमल्सिना, शुसिला राई, आयशा शाक्य, सिना लिम्बु मादेन, पवित्रा गुरुङ, निता गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, प्रेमबहादुर लिम्बु, सञ्जिवकुमार ओझा, रेजिन रिमा, दीपेन्द्र गुरुङ, कृष्णबहादुर तामाङ, प्रसन्न क्षेत्री
पुम्से प्रशिक्षक – नोर्बु लामा, हिराबहादुर थापा
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]