5 years ago
October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र अभ्यास खेलको लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज तेस्रो अभ्यास खेलमा थाइल्यान्डको यू-२१ मा टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
खेल बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण सेन्टर एफआइभीवी सेन्टरमा अपरान्ह ४ बजेपछि हुनेछ ।
यसअघिका दुई अभ्यास खेलमा जित हात पारेको नेपाली टोली अभ्यासमा लगातार तेस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो अभ्यास खेलमा जरानसानिवोङ युलाई तथा दोस्रो अभ्यास खेलमा बैंकक युनिभर्सिटीलाई समान ३–१ को सेटमा पराजित गरेको थियो ।
मुख्य प्रशिक्षक जगदिश भट्टले म्याच एक्सपोजरको लागि यसअघिका दुई अभ्यास खेलमा सबै १८ खेलाडीलाई प्रयोग गरेका छन् । टोलीका महत्वपुर्ण खेलाडी प्रतिभा मालीले यहाँको वातावरणमा प्रशिक्षण र मैत्रीपुर्ण खेल्ने अवसर पाएकोमा सबै खेलाडी खुशी रहेको र प्रशिक्षण राम्रै भएको बताएका छन् ।
उनले दुई अभ्यास खेलमा जित हात पारेपनि यहाँको टोलीको स्तर माथि रहेकाले नेपालको कुनै क्लबले जित निकाल्न गाह्रै हुने र यहाँबाट राम्रै अनुभव लिएर फर्कने बताइन् ।
बंगलादेशमा आयोजना हुने प्रथम एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पयनसिप नेपालमै आयोजना हुने १३औं सागको थप तयारीका लागि नेपाली टोली २२ दिने प्रशिक्षणमा लागि थाइल्यान्ड गएको हो । नेपाली टोलीले एक दिनको अन्तरमा थाइल्यानडा रहेको विभिन्न टोलीसँग अभ्यास खेल खेलिहेको छ ।
टोलीले दैनिक दुई समयमा (बिहान र साँझ) प्रशिक्षण गरिरहेको छ । त्यहाँको प्रशिक्षण र अभ्यास खेलपछि नेपाली टोली सेन्ट्रल जोनका लागि बंगलादेश प्रस्थान गर्नेछन् ।
सेन्ट्रल जोन ढाकामा २२ कात्तिकदेखि २७ सम्म आयोजना हुदैछ । त्यसपछि नेपाली टोली १३औं सागको तयारीमा जुट्नेछ । १३औं साग १५ देखि २४ मंसिरसम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]