5 years ago
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गत साता भुटानमा सम्पन्न भुटान एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका नेपालका नम्बर १ एमेच्योर गल्फर शुक्रबहादुर राईलाई नेपाल गल्फ संघले सोमबार सम्मान गरेको छ ।
गल्फ संघका अध्यक्ष टासी घलेले एक कार्यक्रमबीच शुक्रलाई ५० हजार बराबरको सामग्री उपलब्ध गराएको घोषणा गरे । उनले दक्षिण एसियाली खेलकुदका लागि नेपालले गरेको तयारी राम्रो भइरहेको संकेत पनि यसबाट मिल्ने बताए । नेपालले विगत ३ वर्षदेखि यसको तयारी गरेको घलेले बताए । उनले नेपालले पदक हासिल गर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।
शुक्रले भुटानमा उपाधि जित्ने क्रममा एकै दिन ९ अन्डर स्कोर गरेका थिए । गल्फ संघका अनुसार नेपालको मात्र नभएर दक्षिण एसियाको एमेच्योर गल्फमा नै यो सर्वाधिक स्कोर हो । शुक्रले उक्त कोर्षकै रेकर्ड पनि कायम गरेका थिए । अध्यक्ष घलेले शुक्रसंगै अन्य गल्फरको प्रदर्शन पनि उच्च रहेकाले सागमा पदक आशा गरिएको बताए ।
शुक्रले पनि सागका लागि लामो समयदेखि तयारी गरिरहेको र पदक दिलाउन सक्दो प्रयास गर्ने बताए । ४ सदस्यीय टोली हाल गोकर्ण गल्फ रिसोर्टमा नियमित प्रशिक्षणमा छ । अर्को साताबाट विदेशी प्रशिक्षक किम बाल्डविन नेपाल आगमन हुने पनि अध्यक्ष घलेले जानकारी दिए । सिंगापुरका बाल्डविनले विगतमा पनि राष्ट्रिय टोलीलाई प्रशिक्षण दिंदै आएका छन् ।
कार्यक्रममा शुक्रसँगै सुवास तामाङलाई १० हजार तथा निरज तामाङ र टंकबहादुर कार्कीलाई ५-५ हजारको सामग्री प्रदान गर्ने जानकारी दिइयो । चारै खेलाडीलाई हाल गोकर्ण गल रिसोर्ट, निर्भाना कन्ट्री क्लब तथा आर्मी गल्फ कोर्षमा प्रशिक्षण दिइएको छ ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]