default_image

5 years ago

October 20, 2019

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विशेष प्रशिक्षण र अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।

नेपालले दोस्रो अभ्यास खेलमा थाइल्यान्डको बैंकक युनिभर्सिटीमाथि ३–१ को जित निकालेको हो । यसअघि नेपालले पहिलो अभ्यास खेलमा जरानसानिवोङ युलाई ३–१ को सेटमै पाजित गरेको थियो । एसियाकै उत्कृष्ट एफआइभीवी ट्रनिङ सेन्टरमा आइतबार भएको खेलमा नेपालले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट नेपालले २४–२६ ले गुमाएपनि त्यसपछिको दुवै सेटमा नेपाल २५–१६ र २५–१९ ले विजयी हुन सफल भयो ।

बंगलादेशमा आयोजना हुने प्रथम एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पयनसिप नेपालमै आयोजना हुने १३औं सागको थप तयारीका लागि नेपाली टोली २२ दिने प्रशिक्षणमा लागि थाइल्यान्ड गएको हो । नेपाली टोलीले एक दिनको अन्तरमा थाइल्यानडा रहेको विभिन्न टोलीसँग अभ्यास खेल खेलिहेको छ ।

टोलीले दैनिक दुई समयमा (बिहान र साँझ) प्रशिक्षण गरिरहेको छ । त्यहाँको प्रशिक्षण र अभ्यास खेलपछि नेपाली टोली सेन्ट्रल जोनका लागि बंगलादेश प्रस्थान गर्नेछन् । सेन्ट्रल जोन ढाकामा २२ कात्तिकदेखि २७ सम्म आयोजना हुदैछ । त्यसपछि नेपाली टोली १३औं सागको तयारीमा जुट्नेछ । १३औं साग १५ देखि २४ मंसिरसम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.