5 years ago
October 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – २०२० मा तुर्केमिनिस्तानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट चरण खेल्न नेपाली राष्ट्रिय फुटसल टोली आइतबार इरान प्रस्थान गरेको छ ।
छनोट चरणका खेलहरु इरानमा २३ अक्टोवरबाट २५ अक्टोवरसम्म आयोजना हुदैछ । नेपाली टोलीको कप्तानी पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङले गर्नेछन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारै बिदाई गरेको थियो ।
सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ ।नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ । २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोवरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।
राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्केमिनिस्तानले सोझै फाइनल चरण खेल्नेछ । एएफसी फुटसल च्याम्पियनसिप २०२० तुर्केमिनिस्तानमा आयोजना हुदैछ ।
फुटसल टोली
१.आदिल हामिद, २.आषिश लामा, ३.अभय राना, ४.अनिश श्रेष्ठ, ५.अरुज सिंह, ६.विजय गुरुङ, ७.विजय श्रेष्ठ, ८.बिनोद गुरुङ, ९.मणि लामा, १०.निर्मल गुरुङ, ११.सन्जोक चाम्लिङ राई, १२.सरोज तामाङ, १३. सुमित आले, १४.सुरज गुरुङ
मुख्य प्रशिक्षक – विष्णु गुरुङ
प्रशिक्षक – गौरव बस्नेत
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]