5 years ago
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङलाई राष्ट्रिय फुटसल टोलीको कप्तानीको जिम्मेवारी प्रदान गरिएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० अन्तरगतको फुटसल कमिटिले शुक्रबार बिदार्ए कार्यक्रमको आयोजना गर्दै मुख्य प्रशिक्षक विष्णु गुरुङले गुरुङलाई कप्तानीको जिम्मेवारी प्रदान गरेको हो ।
अब उनकै कप्तानीमा नेपाली राष्ट्रिय फुटसल टोलीले इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट चरण खेल्नेछ ।
आइतबार इरान जाने नेपाली टोलीलाई एन्फाले शुक्रबारै बिदाई गरेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलगायतले सफलताको शुभकामनासहित सहित बिदाई गरे ।
सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ ।नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ । २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोवरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।
राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्केमिनिस्तानले सोझै फाइनल चरण खेल्नेछ । एएफसी फुटसल च्याम्पियनसिप २०२० मा तुर्केमिनिस्तानमा आयोजना हुदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले असोज २२ गते बुधबार १४ सदस्यीय राष्ट्रिय फुटसल टोलीकाे घाेषणा गरेकाे थियो । फुटसलको मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेत ।रहेका छन् ।
फुटसल टाेली
१.आदिल हामिद, २.आषिश लामा, ३.अभय राना, ४.अनिश श्रेष्ठ, ५.अरुज सिंह, ६.विजय गुरुङ, ७.विजय श्रेष्ठ, ८.बिनोद गुरुङ, ९.मणि लामा, १०.निर्मल गुरुङ, ११.सन्जोक चाम्लिङ राई, १२.सरोज तामाङ, १३. सुमित आले, १४.सुरज गुरुङ
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा सम्पन्न खो खो विश्व कपमा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार नेपाली टिमलाई बाजा गाजा सहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा […]