default_image

5 years ago

October 17, 2019

विश्व जुडो च्याम्पियनसिप– सोनियालाई पहिलो बाउटमा सफलता

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जुडोकी सोनिया भट्टले विश्व जुडो च्याम्पियनसिप जुनियरमा एक बाउट जितेकी छिन् । मोरक्कोमा जारी च्याम्पियनसिपमा बुधबार ४८ केजी मुनि तौल समूह आफ्नो पहिलो बाउटमा सोनियाले मोजाम्बिककी मन्मे जेन्नीलाई वाजारी आवासोती इप्पोनको आधारमा पराजित गरेकी थिइन् ।

विश्व च्याम्पियनसिपमा एक बाउट जित्ने सोनिया पहिलो नेपाली खेलाडी हुन् ।
सोनिया दोस्रो बाउटमा भने जापानकी वान्तानावे एइकोसँग पराजित भइन् । भट्टको तौल समुहमा विभिन्न देशका ३१ खेलाडीले प्रतिस्पर्धा गरेको नेपाल जुडो संघले जनाएको छ । सोनियालाई पराजित गर्ने जापानी खेलाडीले सो तौल समूहमा पाचौँ स्थान हासिल गरेकी छिन ।

अर्की खेलमा मनिता श्रेष्ठ प्रधान ५७ केजी मुनि ब्राजिलकी एन्डरेड भिटोरियासँग पराजित भइन् । उनले ब्राजिली खेलाडीसँग पुरा समय खेल्दै वाजरीमा हार भोगिन् । मनिताको तौल समुहमा विभिन्न देशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 22, 2025

काठमाडौं पिंक केयराथन- सुनसरीले जितिन् हाफ म्याराथन

ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]

Success

Thank you for your time.