default_image

5 years ago

October 16, 2019

विश्व च्याम्पियन उसुमा नेपाली खेलाडी प्रतिस्पर्धा गर्ने

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-मित्रराष्ट्र चीनको संघाई शहरमा आयोजना हुने १५औं विश्व उसु प्रतियोगिता नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । असोज ३० देखि कार्तिक ७ गतेसम्म संचालन हुने विश्व च्याम्पियनसिपमा नेपालका ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् ।

११ खेलाडी सहित ५ जना अफिसियलले सहभागिता जनाउने उक्त १६ जना टोलीको नेतृत्व नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले गरेका छन् । नेपाली टोली असोज ३० गते विहिवार त्यसतर्फ उड्ने कार्यक्रम रहेको छ ।

टोली नेता अध्यक्ष तामाङले विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गर्ने र त्यसको अनुभव नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा देखाउने बताए । विश्व च्याम्यियन उसु प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुलाई बुधबारै १–१ सेट ट्रयाकसुट’ प्रदान गरेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.