5 years ago
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले नयाँ कप्तानको रुपमा अरुणा शाहीलाई पाएको छ ।
१३औं सागको लागि टोलीका नियमित कप्तान बिनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ २५ सदस्यीय प्रारम्भिक टोलीमै नपरेपछि नेपाली महिला टोलीको कप्तान को हुने भन्नेमा कौतुहलता रहेको थियो ।
मंगलबार नेपाल भलिबल संघले अरुणालाई कप्तान घोषणा गरेको हो । टोली बुधबार सागको र एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि थाइल्यान्ड जादैछ । सोही क्रममा नै संघले अरुणालाई कप्तानको जिम्मेवारी सुम्पिएको हो ।
अब अरुणाकै कप्तानीमा नेपालले बंगलादेशमा कात्र्तिकमा आयोजना हुने पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्नेछ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सेन्ट्रल जोनका लागि अरुणाको कप्तानीमा नाम पठाइसकेको बताएका छन् । सम्भवत् घरमै आयोजना हुने १३औं सागमा पनि नेपाली टोलीले अरुणाकै कप्तानीमा खेल्नेछन् ।
महिला टोलीको कप्तान भएसँगै अरुणाले आफ्नो लागि यो सुनौलो अवसर रहेको बताएकी छन् । ‘राष्ट्रिय टोलीको कप्तान हुनु सानो कुरा होइन । संघले विश्वास गरेर मलाई कप्तानको जिम्मेवारी दिएको छ । आफ्नो भुमिकालाई निभाउने छु ।’ अरुणाले भने, ‘कप्तानसँगै नयाँ भुमिकामा पनि मलाई चुनौतीपुर्ण छ । नयाँ जिम्मेवारीमा कप्तान र सेटर हुदा कुनै प्रेसर लिएको छैन । आफ्नो सक्दो राम्रो गर्नेछौं ।’
उनी टोलीका सिनियर खेलाडी पनि हुन् । अरुणा शाही गण्डकी प्रदेशको मात्रै नभई नेपाली राष्ट्रिय टोलीकी भरपर्दा खेलाडी हुन् । स्पाइकर (हाल लिफ्टर) अरुणाले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । त्यसयता, उनी टोलीको नियमित सदस्य छिन् ।
उनले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी छन् ।
https://www.hamrokhelkud.com/featured/56539.html
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]