default_image

5 years ago

October 14, 2019

महिला भलिबल टिमको प्रशिक्षण थाइल्याण्डमा, बुधबार जाने

175 views

0 Bookmark

काठमाडौं । आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला भलिबल टोलीको बन्द प्रशिक्षण थाइल्यान्डमा हुने भएको छ ।

संघले मंगलबार बिहान टोलीको बिदाई कार्यक्रम राखेको छ । प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप कात्तिक २२ देखि २७ गतेसम्म बंगलादेशमा आयोजना हुदैछ । १३औं साग काठमाडौं र पोखरामा मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुदैछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोग र नेपाल भलिबल संघको समन्वयमा नेपालले करिव २६ दिन थाइल्यान्डमा प्रशिक्षणका साथै केही अभ्यास खेल खेल्ने मौका पाएको हो । १८ खेलाडी, तीन प्रशिक्षक र १ व्यवस्थापक गरी २२ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिस भट्टले थाइल्यान्डको प्रशिक्षण र केही अभ्यास खेल नयाँ खेलाडीहरुको लागि म्याच एक्सपोजरका साथै अनुभव बटुल्ने अवसर हुने बताएका छन् । ‘हामीसँग धेरै नयाँ खेलाडीह रहेका छन् । थाइल्यान्डको प्रशिक्षण र अभ्यास खेल नयाँ खेलाडीका लागि म्याच एक्सपोजर हुनेछ ।’ प्रशिक्षक भट्टले हाम्रो खेलकुदलाई भने, ‘हामी २६ दिनसम्म थाइल्यान्डमा रहनेछौं । यसबीचमा हामीले प्रशिक्षणका साथै आफ्नो स्तरको टिम हेरेर दुई देखि तीन दिनको ग्यापमा बढी भन्दा बढी अभ्यास खेल खेल्ने योजना बनाएका छौं । जुन नयाँ खेलाडीहरुको लागि आफ्नो प्रतिभा देखाउने अवसर हुनेछ ।’

प्रशिक्षक भट्टले अहिले टोलीमा रहेका खेलाडीहरुमा (घरेलु प्रतियोतिा) बाहेर अन्तर्रा्ष्ट्रिय खेलहरुको कमी रहेको र थाइल्यान्डको अभ्यास खेलले उनीहरुको स्तर मापन गर्न सकिने बताएका छन् ।

२२ सदस्यीय टोली
प्रतिभा माली – प्रदेश ३
सरस्वती चौधरी – एपीएफ
निरुता ठगुन्ना –
अरुणा शाही – गण्डकी प्रदेश
कमला पुन – पुलिस
रेश्मा भण्डारी – एपीएफ
जानकी भण्डारी – आर्मी
उषा भण्डारी – पुलिस
लक्ष्मी पुन – आर्मी
हिरा केसी – एपीएफ
उषा विष्ट – एपीएफ
संगम महतो – आर्मी
शान्ति थारु – आर्मी
सुनिता खड्का – आर्मी
पुनम चन्द – गण्डकी प्रदेश
शान्ति तामाङ – पुलिस
सलिना श्रेष्ठ – प्रदेश ३
आरती सुवेदी – प्रदेश ३
जगदिश भट्ट – मुख्य प्रशिक्षक
सलिना श्रेष्ठ – प्रशिक्षक
भरत यादव– प्रशिक्षक
रीता कोइराला – टिम व्यवस्थापक

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.