6 years ago
October 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा गठित गिरिजाप्रसाद स्मृति फाउन्डेसनले पुराना तेक्वान्दो खेलाडी सुदर्शन थापामगरलाई मानव अधिकार अवार्ड प्रदान गरेको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले आइतबार राजधानीमा आयोजित कार्यक्रममा तेक्वान्दोका पाँचौं डान सुदर्शनलाई अवार्ड प्रदान गरे । सुदर्शन फाउन्डेसनको एसिया प्यासिफिक क्षेत्रका संयोजक पनि हुन् । उनी पछिल्ला केही वर्षदेखि मकाउमा खेलकुदका साथै विभिन्न ब्यवसायमा संलग्न रहँदै आएका छन् ।
सम्मानपछि सुदर्शनले नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्राप्त गर्दा खुसी लागेको बताए । सुदर्शनसँगै फाउन्डेसनका अमेरिकाका संयोजक सोमनाथ घिमिरेलाई पनि सो अवार्ड प्रदान गरिएको थियो । फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने महानुभावलाई पनि सम्मान गरिएको थियो ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]