5 years ago
October 12, 2019
बाजुरा (हाम्रो खेलकुद)– अछाम मार्कुको साथीभाई क्लबले दोस्रो पदम खत्री स्मृति तथा बडिमालिका कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । वाजुराको त्रिवेणी नगरपालिका पैमास्थित पार्वती माविको मैदानमा भएको फाइनलमा साथीभाई क्लबले बाजुराको वुढीगंगा नगरपालिकालाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको हो ।
साथीभाई २५–१२, २५–२३ र २९–२७ को सेटमा विजयी भएको थियो । सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ तथा वुढीगंगाले २५ हजार १ सय ११ रुपैयाँमा प्राप्त गर्यो । गणेश स्मृति अछामका खेलाडी विन्दुराज खत्री प्रतियोगिताको प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए र उनले ५ हजार रुपैयाँ पाए ।
प्रतियोगिताका संयोजक राजेन्द्र खत्रीले आफ्नो स्वर्गिय बुबा पदम खत्रीको स्मृतिमा हरेक दुई वर्षमा प्रतियोगिताको आयोजना गरिएको बताए । विजेता तथा उपविजेता टोलीलाई त्रिवेणी नगरपालिकाका मेयर रामसिंह रावल, उपमेयर राधिका सुनार र सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा स्व. पदम खत्रीका जेठा छोरा अमर सिंह खत्रीलगायतले पुरस्कृत गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]