5 years ago
October 12, 2019
काठमाडौं (हाम्रो खेलाडी)– दुई खेलाडीले मोरक्कोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर १६ देखि २० सम्म आयोजना हुने विश्व च्याम्पियनसिपमा सोनिया भट्ट र मनिता श्रेष्ठ प्रधानले चुनौती प्रस्तुत गर्नेछन् ।
मनिताले ५६ केजीमुनि तौल समूह र सोनियाले ४८ केजीमुनि तौलसमूहमा प्रतिस्धर्पा गर्ने छिन् । प्रशिक्षकमा चन्द्रकुमार डंगोल र व्यवस्थापकमा लक्ष्मीरत्न तुलाधार छन् । यस विश्व च्याम्पियनसिपमा ८८ राष्ट्रका ३ सय २१ पुरुष र २ सय ३६ महिलाले प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्रचार्यले जानकारी दिए ।
नेपाली टोलीले यस सहभागीतालाई आगामी मंसिरमा नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको रूपमा लिएको छ । चार सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले विदाई गरे । सिलवालले देशको झन्डासँगै राष्ट्रियता सम्झेर खेलाडी उत्कृष्ट चुनौती प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]