5 years ago
October 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको दुई दिने भ्रणममा आएका चीनका राष्ट्रपति सी चिनफिङलाई भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणमा सी दुई दिने भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेका हुन् । सीलाई राष्ट्रपति भण्डारी त्रिभुवन विमानस्थलमा स्वागत गरेकी थिइन् ।
राष्ट्रपति सीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, राष्ट्रिय संघका पदाधिकारीलगायतको सयौं संख्यामा लामबद्ध भएर स्वागत गरेका छन् । सीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका खेलाडीले पनि स्वागत गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सी बानेश्वर, थापाथली, त्रिपुेश्वर हुँदै होटेल सोल्टी गएका थिए । खेलकर्मीले उनलाई त्रिपुरेश्वर क्षेत्रमा स्वागत गरे । राखेपका पदाधिकारी र खेलाडी तथा खेलकर्मीले स्वागत गर्दा राष्ट्रपति सीले हात हल्लाएर अभिवादन गरेका थिए । खेलकर्मीले थापाथलीको ब्लुबर्ड मल टेकुसम्म सडकको एक भागमा लामबद्ध बन्दै राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]