5 years ago
October 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– चीनका राष्ट्रपति सी चिनफिङको स्वागत र विदाईमा अनिवार्य उपस्थितिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी, खेलकर्मी र पदाधिकारीलाई निर्देशन जारी गरेको छ ।
राखेपका संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले शुक्रबार पत्र काट्दै संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी र रेफ्रीलाई राष्ट्रपति चिनफिङको स्वागत र विदाईमा अनिवार्य उपस्थितिका लागि निर्देशानुसार भन्दै अनुरोध गरेका छन् ।
राष्ट्रपति २ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । राखेपले खेलाडी खेलकर्मीलाई शनिबार दिउँसो ४ बजे र आइतबार बिहान ११ बजे त्रिपुरेश्वरस्थित राखेपमा उपस्थित हुन भनेको छ ।
राखेप सदस्य सचिव रमेशकुमार सिलवालले चीनका राष्ट्रपतिको स्वागतलई भव्य बनाउनका लागि र सद्भाव प्रकटका लागि खेलक्षेत्रका सबैलाई उपस्थितिका लागि निर्देशन दिइएको बताएका छन् ।
‘नेपालको खेलकुद क्षेत्रलाई लामो समयदेखि चीनले सहयोग पनि गर्दै आएको छ,भविष्यमा पनि त्यस्तो सहयोग रहला ‘ उनले भने, ‘२४ वर्षपछि विश्वकै शक्तिशाली राष्ट्रपति आउँदा स्वागत गर्नु हाम्रो पनि जिम्मेवारी जस्तो हो । त्यसै अनुसार हामीले सबैलाई आउन भनेका छौं । ’
सदस्य सचिव सिलवालका अनुसार थापाथलीस्थित ब्लुबर्ड मलदेखि टेकु सम्मको एकतर्फ स्वागत गर्न खेलकुदका लागि ठाँउ छुट्टाइएको जानकारी प्राप्त भएको बताए ।
चीन सरकारको सहयोगमा सन् १९९८ को आठौं दक्षिण एसियाली खेलकुद (साग) का लागि दशरथ रंगशालाको पूर्ननिर्माण र सातदोबाटोस्थित खेलकुद परिषद्को निर्माण भएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]