5 years ago
October 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भलिबल खेलाडी कोपिला उप्रेती राष्ट्र सेवा पदकबाट विभुषित भएकी छन् । प्रहरी दिवसका अवसरमा उनी शुक्रबार सम्मानित भएकी हुन् । झन्डै एक दशक भन्दा लामो समयसम्म प्रहरी सेवामा रहेकी कोपिला लामो समय राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहेकी थिइन् ।
मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियलाी खेलकुद (साग) का लागि उनी बीच भलिबलको प्रशिक्षणमा रहेकी छिन् ।
हालैमात्र उनको बारेमा तयार पारिएको बृत्तचित्र भलिबल फर लाइफ अन्तर्राष्ट्रिय भलिबल महासंघ (एएफआइभिबी) मा असोज १३ गते र त्यसअघि नेदरल्यान्ड्समा सम्पन्न युरोपियन च्याम्पियनसिप मेन्स भलिबल प्रतियोगिताको फाइनलका दौरान सार्वजनिक गरिएको थियो । कोपिला यसै साता स्वदेश फर्केकी हुन् ।
भलिबल फर लाइफ प्रोजेक्टमार्फत अर्नो डि क्लोइट अफ क्रिएटिभ फाइभले कोपिलाको बृतचित्र तयार पारेको थियो । बृतचित्र निर्माणका लागि नेदरल्यान्ड्स भलिबल संघ (नेभोवो) , डच मिनिष्ट्री अफ फरेन एफयर्स र नेपाल भलिबल संघले सहयोग गरेको बताइएको छ । कोपिलाको लामो समयदेखि महिला भलिबलमा आबद्धता र ग्रामीण भेगबाट भलिबल सिक्दै राष्ट्रिय टोली सम्मको यात्रा तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई बृचचित्रमा समेटिएको छ ।
बृतचित्रले नयाँ पुस्तालाई खेलमा लाग्न र भलिबलमार्फत सफल नागरिक बन्ने प्रेरणा मिल्ने विश्वास कोपिलाले लिएकी छिन् । नेपालले सन् २००६ को दसौं साग र २०१६ को १२ औं सागमा महिला टोलीले कास्य पदक जित्दाकी सदस्य हुन् । प्रहरी दिवसमा नेपाल पुलिस क्लबका पूर्व कप्तान अनिल अधिकारी नेपाल प्रताप भुषण पदकबाट विभुषित भएका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]