5 years ago
October 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले बुधबार १४ सदस्यीय राष्ट्रिय फुटसल टोलीकाे घाेषणा गरेकाे छ ।
फुटसलका मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले तेस्राे चरणमा रहेका १८ सदस्यीय टाेलीबाट अन्तिम १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे ।
मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकले प्रारम्भिक चरणमा ३७ सदस्यीय टाेलीबाट ७ असाेजमा तेस्राे चरणसम्म १८ खेलाडी छनाेट गरेकाे थियाे ।
१४ सदस्यीय टोलीमा दिपेश घले, नवीन लामा, रविचन्द्र थापा र मिसन लामाले स्थान बनाउन सकेनन् । त्यसरी तयार हुने टोलीले अर्को वर्ष हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेल खेल्नेछ ।
छनोट खेल इरानमा अक्टोबरमा हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ ।
नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ । २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोवरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ । राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्के्निस्तानले सोझै फाइनल चरण खेल्नेछ ।
फुटसल टाेली
१.आदिल हामिद, २.आषिश लामा, ३.अभय राना, ४.अनिश श्रेष्ठ, ५.अरुज सिंह, ६.विजय गुरुङ, ७.विजय श्रेष्ठ, ८.बिनोद गुरुङ, ९.मणि लामा, १०.निर्मल गुरुङ, ११.सन्जोक चाम्लिङ राई, १२.सरोज तामाङ, १३. सुमित आले, १४.सुरज गुरुङ
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]