5 years ago
October 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)- दुई महिनापछि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कुस्तीबाट १० पुरुष र १० महिला गरी २० जना खेलाडी छनौट भएका छन् । मकवानपुरको हेटौंडास्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी बन्द प्रशिक्षणमा सहभागि ४० खेलाडीमध्ये सागमा प्रतिस्पर्धा गर्न २० जना छनौट भएका हुन् ।
दोस्रो चरणमा २८ जना खेलाडी छानिएका थिए । तीमध्ये ८ जना बुधबारको अन्तिम छनौटबाट बाहिरिएका हुन् । पुरुषतर्फ ५७ देखि १ सय २५ केजी र महिलातर्फ ७६ देखि ५० केजीसम्मको समुहमा खेलाडी छनौट प्रतियोगिता गरिएको थियो । सागका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने र भारत र इरानँग मैत्रीपूर्ण प्रतिस्पर्धा गराउने नेपाल कुस्ती संघले जनाएको छ ।
खेलाडीलाई यसबीचमा पनि क्लोज क्याम्पमै राखेर नियमित प्रशिक्षण गराइरहने संघले जनाएको छ । गत साउन १० गतेबाट हेटौंडमा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा दुई महिनाको बीचमा राम्रो सुधार भएका र स्वर्णपदक अपेक्षा गरिएको संघका अध्यक्ष राज मोहम्मद मिया अन्सारीले बताए ।
नेपालले चौथो सागदेखि पुरुषतर्फ कुस्ती खेलमा सहभागिता जनाइरहेको छ । १२औं सागबाट महिलातर्फ पनि कुस्ती खेलमा नेपालले सहभागिता जनाउँदै आएको छ । संघले सागमा कुस्तीतर्फको प्रतियोगिता जनकपुरमा गर्ने तयारी गरिरहेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]