5 years ago
October 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)- मेलम्ची नगरपालिकाले प्रथम कालिकादेवी संस्थापक भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा मेलम्ची नगरपालिकाले चौतारा नगरपालिकालाई २५–१९, २५–१९ र २५–१४ को सोझो सेटमा हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
घरेलु दर्शकको समर्थन पाएको चौताराले सुरुमा मेलम्चीलाई केही दबाबमा राखेपनि मेलम्चीका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन गर्दा गर्दै सहज जित निकाल्न सफल भएको थियो । बुधबार नै तेस्रो स्थानको लागि भएको प्रतियोगीतामा इन्द्रावती गाउँपालिकाले हेलम्बु गाउँपालिकालाई हराउँदै तेस्रो भएको थियो ।
उपाधिसँगै मेलम्चीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ । दोस्रो भएको चौतारा साँगाचोकगढी नगरपालिकाले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा तेस्रो भएको इन्द्रावती गाउँपालिकाले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाए ।
मेलम्चीका रमेश खतिवडा सर्वात्कृष्ट खेलाडी घोषित भए । मेलम्चीकै रमेश भट्टराई बेस्ट स्पाइकर, चौताराका जगदिश श्रेष्ठ बेस्ट ब्लकर, मेलम्चीका कृष्ण तामा बेस्ट सेटर, हेलम्वुका अजय तामाङ लिवेरो, मेलम्चीका राजकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । चौताराका मानबहादुर थापा उदियामान खेलाडी बने ।
विजयी खेलाडीहरुलाई प्रदेश–३ का सासंद सुरेश नेपालले पुरस्कृत गरे । प्रतियोगिता अर्काे वर्ष पनि आयोजना हुने विद्यालयका अध्यक्ष रघुसिंह तामाङले जानकारी दिए । सोही अवसरमा कालिकादेवी माध्यमिक विद्यालयमा अध्ययन गरेर माथिल्लो तहमा पुग्ने पुर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बलेफी गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत गणेश नेपाली, चौतारा क्याम्पसका सहयाक प्रमुख डम्बरबहादुर श्रेष्ठ निर्माण व्यावसयाी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङ छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]